रोशन दिप – हामीले हरेक वर्ष पत्रपत्रिकामा एउटा एक्दमै विरक्त लाग्दो, दुखद र लज्जास्पद खबर सुन्ने गर्छौँ। “एस।इ।इ कक्षा १० को र +२ को नतिजा सार्वजनिक हुन साथ परिक्षामा उत्तिर्ण नभएको कारण कयौं विधार्थीहरुले आत्माहत्या गरे”  । तर एसमा ती निर्दोष विधार्थीहरुको कुनै गल्ति छैन। किनकि ती निदोर्ष विधार्थी फेल भएकै हैनन् । एदि कुनै चिज साच्चै फेल भएको हो भने त्यो हो हाम्रो परिक्षाको पद्धती, खोक्रो शिक्षा व्यवस्था र प्रणाली ।

बच्चा त काँचो माटोको घैँटा जस्तै हुन् । जसलाई हामीले जस्तो आकार दिन्छौँ त्यसतै बन्छन् । हाम्रो बच्चाहरुलाई अध्यापक र परिक्षालिनिहरुले आकार दिन सकेनन् त्यसैले परिक्षा पद्धति फेल भएको हो, बच्चा फेल भएका हैनन् ।

यो शिक्षा प्रणालीमा कुनै विधार्थीले १०० मा ९९, ९८, ९० अंक ल्यायो भने उसलाई महाज्ञानी मानिने र ३३ र ३० अंक ल्यायमा बेकार महामुर्ख सम्झने चलन छ । तर इतिहास हेर्ने हो भने “सर आइज्याक न्युटन”को त कहिल्यै ३० अंक भन्दा माथिनै आएको थिएन तर पनि पुरै दुनियाले उनलाई मान्छन् । न्युटन कहिल्यै पास भएनन् त्यसै कारण यसले पढ्दैन भनेर विधालयबाट निकालिए तर विधालयबाट निकालिए पछि उनले झरीरहेको स्याउलाई देखेर गुरुत्वाकर्षणको सिद्धान्त दिएका थिए दुनियालाई । जो व्यक्ति विद्यालयमा फेल भएका थिए । उनकै विषयमा आज पुरा दुनियाले पि।एच।डी गरिरहेका छन् । यसबाट यो बुझिन्छ कि फेल र पास हुनबाट जिवनको कुनै लिनुदिनु छैन।

“एल्बर्ट आइन्स्टिन”को कथा हेर्ने हो भने उनले ९ कक्षा भन्दा उता पढ्न पाएका थिएनन् ।विद्यालयबाट पनि निकालिएका थिए किनकि उनले अध्ययन गर्नु सट्टा अरुनै कुराहरु सोचीरहन्थे । तर विधालयबाट निकालिइएका उनले दुनियालाई  (E = mc²) को सिद्धान्त दिए । त्यसैले आज उनको पुरै दुनियाले गुणगान गर्छन् । यि व्यक्ति उनै हुन् जो ९ कक्षा भन्दा उता पढ्नै सकेका थिएनन् । यसबाट यो बुझिन्छ कि ज्ञानलाई डिग्रिको प्रमाणपत्रबाट तौलिन सकिदैन । ज्ञान अलग कुरा हो र डिग्रिको प्रमाणपत्र अलग कुरा हो ।

९ कक्षामा फेल भएका “धिरुभाइ अम्बानी” पट्रोल पंपमा काम गर्न थाले र रिलायन्स नामक साढे ४ लाख करोड भन्दा धेरैको साम्राज्य खडा गरेर छोडे । यसबाट यो बुझिन्छ कि ज्ञानको कुनै डिग्रिको प्रमाणपत्रसँग सम्बन्ध हुदैन ।

“घनश्याम दास विर्ला” ४ कक्षा सम्म मात्रै पढे्का थिए । विधालय र गाउँ छोडेर निक्लिेका उनि लोटा लिएर कलकत्ता पुगेका थिए । उनै विर्लाले पछि गएर त्यत्रो ठुलो साम्राज्य बनाए विर्ला इम्पाएर जुन लाखौँ करोडको छ । ४ कक्षा सम्म मात्रै पढेको व्यक्तिले गरेको काम हो यो । उनी भन्थे, “कक्षा उर्तिण गर्नु कुनै महत्वको कुरा हैन जिवनको तुलनामा” । त्यसैले हामिले विधार्थीहरुलाई जिवनलाई गरिमामय ढंगबाट जिउनी शिक्षा दिनु जरुरी छ । एस्तो शिक्षा व्यवस्था बनाउनु जरुरी छ जसमा डिग्रीको महत्व नहोस्, ज्ञानको महत्व होस् । परिक्षाको महत्व नहोस्, सिक्नु महत्वपुर्ण होस् । पढाउनुको महत्व नहोस्, सिकाउनु महत्वपुर्ण होस् । एसतो शिक्षा व्यवस्था बन्यो भने बल्ल शैक्षिक क्रांति सम्भव छ ।

सबैभन्दा ठुलो क्रांतिनै शैक्षिक क्रांति हो । राजनितिक, आर्थिक, धार्मिक कुनै पनि क्रांतिको त्यति अर्थ हुदैन जति शैक्षिक क्रांतिको हुन्छ । तर शैक्षिक क्रांति कसले गर्ने त ?

शैक्षिक क्रांति त्यस्ता विद्रोहि व्यक्तिहरुले मात्र गर्न सक्छन् । जसमा साच्चै हिम्मत हन्छ, एउटा गहन अंतर दृष्टि हुन्छ । हिंसा, पिडा, गरिबि, बेरोजगारी हाम्रै खोक्रो शिक्षा प्रणालीबाट आइरहेको छ । हाम्रो शिक्षाले हामीलाई झन् अशिक्षित बनाइ रहेको छ ।

१) हाम्रो शिक्षा प्रणालीको पहिलो कमजोरी

हाम्रो शिक्षा प्रणालीमा हामिले किन कुनै बच्चाहरुलाई प्रेमको फुल फुलाउनु साट्टो प्रतिस्पर्धा, महत्वकांक्षा, तुलना, लोभ, भय, डाहा, इर्ष्या र जलन सिकाउन उचित सम्झयौं । प्रतियोगि मन कसरी सहानुभुति पुर्ण हुन सक्छ । प्रतियोगि मन सहानुभुति पुर्ण भयो भने प्रतियोगिता कसरी चल्छ । प्रतियोगि मन कठोर हुन्छ, हिंसक हुन्छ । बच्चाहरुलाई हामी लोभि नबन, भयभीत नबन भनेर सिकाउछौं । तर जहाँ डण्ड र पुरस्कार छ त्यहाँ लोभ र भय पनि छ । बच्चाहरुलाइ या त हामिले अब्बल आइनस् भनेर डण्ड दिन्छौँ पिट्छौं, या त गोल्डमेडलको, पुरस्कारको, इज्जतको, जागिरको प्रलोभन दिन्छौँ । हामिले बच्चाहरुलाई लोभनै सफल्ताहो भनेर सिकायौँ ।

त्यसैले शैक्षिक क्रांति एउटा ठुलो क्रांति हुन जरुरी छ । हामीले यो शिक्षा प्रणालीको पुरानो खोक्रो व्यवस्था टोडेर नयाँ व्यवस्थाको निर्माण गर्नु जरुरी छ । जुन व्यवस्थामा सफल्ता मुल्यवान होस्, महत्वकांक्षा हैन । अगाडी र पछाडी हुनु सम्मान र अपमानको कुरा नहोस् । एउटा व्यक्तिको, अर्को व्यक्तिसँग तुलना नहोस् । एसको ठिक विपरित प्रेम होस् । प्रेमद्वारा बच्चाहरुको विकासको चेष्टा होस् । अनि मात्र शिक्षा अर्थपुर्ण हुन्छ ।

२) हाम्रो शिक्षा प्रणालीको दोश्रो कमजोरी

हाम्रो शिक्षा प्रणालीमा रट्नी प्रविधि धेरै छ । जसले धेरै रट्छन् उनिहरुको धैरै मार्कस आउँछ । अंग्रेजी विषयमा जसको ९५ प्रतिशत आउँछ उनिहरुलेनै अंग्रेजी बोल्न जान्दैनन् । चाहिने भन्दा अनावश्यक किताबहरु बढी हुन्छ हिस्ट्रीको जसको कुनै अर्थनै छैन् । किनकि आजको समयमा हामीले कुनै कुरा थाहापाउनु पर्यो भने गुगलबाट बुझन सक्छौँ । त्यसको लागि केहि याद गर्नु जरुरी छैन । विडम्बनाको कुरा अंग्रेजी विषय पढाई हुदाहुदै पनि हरेक सरकारी स्कुलमा १२ वर्ष लगाउदा समेत विर्धार्थीहरु अंग्रेजी बोल्न सक्दैनन् ।

(a + b)2 = a2 + 2ab + b2  यो फमुर्लाको वास्तविक  जिवनमा उपयोगिता कसैलाई थाहा छैन। न गुरुलाई, न प्रधानाध्यापकलाई, न विधार्थीहरुलाई तर पनि रटाउने प्रविधि जारी नै छ । यो फमुर्लाको अर्थ र प्रयोग दुनियामै कसैलाई थाहा छैन् तर झुक्किएर हामिले  3ab भन्दियौँ भने ४ जना हामी माथी हाँस्छन् । किन मास्टर डिग्रि पुरा गरेर पनि सबैजना बेरोजगार भयर प्रमाणपत्र हातमा बोकेर कामको भिक मागेर हिडिरहनु परेको अवस्था छ ?

किन रचनात्मक्ता शुन्य छ ?  प्रयोगात्मक कुराहरु र जिवन उपयोगी कुराहरु सिकाउने चलन छैन । क्षमतावान र दक्ष जनशक्ति पैदा गर्न सक्ने सामर्थ्यनै किन छैन हाम्रो शिक्षा प्रणालीसँग ? एदी हात्ती, साप, माछा सबैलाई उभ्याएर रुख चढ्न लगाइयो भने ३ वटै जनावरहरुलाई यहि लाग्छ कि उनिहरु योग्य छैनन् ।  गुरु द्रोणाचार्यले पनि पाण्डवहरुलाई उनिहरुको योग्यता र चाहानालाई मध्यनजर गरेर शिक्षा दिनुभएको थियो । सबैलाई एउटै कुरा सिकाउनु भएकोे होइन् तर हाम्रो शिक्षा प्रणालीमा धेरै अप्सन छैन । सबै भन्दा माथी विज्ञान, त्यसपछि कर्मस, एडुकेशन र अन्त्यमा आर्टस ।आर्टस लिनिलाई त सबैले कामको छैन भनेर हल्कामा लिने गर्छन् । किनकि हरेक आमाबुबालाई त आफ्नो छोराछोरीहरुलाई इन्जिनियर या डक्टर बनाउनु छ । कलेजमा अतिरिक्त विषय भयो भने पनि आमाबुबाले पढ्न दिदैनन् र बाल्यकाल देखिनै शिकाइ सुरुहुन्छ । मार्कस् राम्रो आएन भने जागिर पाउदैनस् भनेर दिमाग भुटीन्छ सानै उमेरमा । त्यसै कारण बच्चाहरुले रचनात्मक्तालाई पञ्छ्यायर मार्कस् राम्रो ल्याउनु र जागिर पाउनुलाई आफ्नो सपना बनाउछन् । सपना पुरा भयो भने अरुलाई जलन बनाउनी काम हुन्छ र सानो उमेरमा सपना टुट्यो भने आत्मासन्देह हुन्छ, आफ्नै नजरमा गिर्न बाध्य हुन्छन् ।

दुनियाको कुनै पनि सफल व्यक्ति यो शिक्षा प्रणालीको कारण त सफल भएकै हैनन् । सफल व्यक्ति कहिल्यै हाम्रो खोक्रो शिक्षा प्रणालीको जालमा त फसेकै थिएनन् । उनिहरुले आफै सिके र आफै अगाडी बढे । मान्छेले कयौँ वर्ष लोकसेवाको तयारीमा लागाउँछन् सरकारी जागिर पाउनको लागी किनकि जागिर “सेक्योर” हुन्छ । “सेक्योरको” मत्लब तपाईँहरुले काम गर्नु भएन भने पनि कामबाट निकालिदैन त्यसैले । यो सबै कामचोरीको कुरा हो किनकि हाम्रो वर्तमान शिक्षा प्रणालीले त्यो आत्मविश्वासै दिदैन जसको कारण हामी हाम्रो खुबि र क्षमताको दममा कुनै राम्रो जागिर पाउन सफल भइयोस् र हामीलाई कसैले जागिरबाट निकाल्न नसकोस् ।