google foto

हेटौंडा/ आउँदो चैत १५ गतेबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईई मा १० हजार वटा विद्यालयबाट ५ लाख भन्दा बढी परीक्षार्थीहरु सहभागी हुुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एक सुचना प्रकाशन गदै यस वर्षको एसईई परीक्षामा सामुदायिक र संस्थागत गरी १० हजार ८ सय ६ ओटा विद्यालयहरूबाट ५लाख ४ हजार ४ सय १४ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुन लागेको जानकारी दिएको हो ।

२ हजार ६४ परीक्षा केन्द्रका परीक्षार्थीहरूमध्ये ५सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थीहरू प्राविधिक धार तर्फका हुने सुचनामा उल्लेख गरिएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक÷सहयोगी कर्मचारी र सुरक्षाकर्मी गरी जम्मा ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्ष रुपमा केन्द्रमा खट्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण ढंगबाट सञ्चालन गर्न सातओटै परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको ७७ ओटै जिल्लाको परीक्षा समन्वय समितिहरूबाट परीक्षामा खटिने जनाएको छ ।

केन्द्राध्यक्ष लगायतका जनशक्तिलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न भएको र परीक्षासँग सम्बन्धित उत्तरपुस्तिका लगायतका सामग्रीहरू सम्बन्धीत केन्द्रमा पुर्याउने कार्यहरु सम्पन्न भएको बोर्डलेजनाएको छ । यस वर्षदेखि २०७८ सालको नियम अनुसार सञ्चालन हुने परीक्षमा विद्यार्थीहरु एउटा विषयमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने छ । यस वर्षको परीक्षा चैत १५ गतेदेखि २७ गते सम्म सञ्चालन हुनेछ ।

 

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको सुचना

माध्यमिक शिक्षा परीक्षा एसईईको समय तालिका

 

 

रातो समाचार संवाददाता
थप जानकारी