हेटौंडा – ५ मा रहेको जनप्रवाहा क्लबको आयोजना अन्तरगर्त जनप्रवह कप फुटबल प्रतियोगिता २०८३ को उपाधि आभाष फुटबल क्लब हेटौंडाले हात पारेको छ ।

क्लबका अध्यक्ष हरिबहादुर कुँवरको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको शनिबार सम्पन्न भएसँगै फाइनल खेलमा आयोजक जनप्रवाह फुटबल क्लबलाई पराजित गर्दै ५–२ गोलअन्तरले आभाष एफसीले उपाधि हात पार्न सफल भएको हो ।
पहिलो हाफमा आभाष एफसीको जिततर्फ लैजान अभिषेक लामाले गोल गरेका हुन्।
दोस्रो हाफमा एक गोल थप गर्दै ह्याट्रिक पूरा गरेपछि दोस्रो हाफमा अनुप राना मगर र सुजन गुरुङले एक–एक गोल गरेका थिए ।
आयोजक जनप्रवाह क्लबका लागि पहिलो हाफमा सञ्जीव अर्याल र दोस्रो हाफमा दिपेश लामाले १–१ गोल गरेका थिए। आयोजक सँगको भिडन्तमा आभाष एफ.सी.ले जित सँगै ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
आयोजक पक्षको जनप्रवाह क्लबले उपविजेता भएर २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा प्राप्त गर्दै चित्त बुझाउन परेको छ ।

हेटौंडा–५ नम्बर वडा कार्यालयको मुख्य प्रायोजन तथा हेटौंडा सिटी कलेजको प्रायोजनमा जारी प्रतियोगितामा हेटौंडा–४ स्थित आई अप्टिकल र हेटौंडा–१० स्थित शान्ति अप्टिकलले उपविजेता टोलीका लागि पुरस्कार राशि प्रायोजन गरेका थिए।

फाइनल खेलको म्यान अफ द म्याच आभाष एफसीका विश्व लामा घोषित भएका छन्। उनले सर्वोत्कृष्ट खेलाडी आयोजक जनप्रवाह क्लबका सञ्जीव अर्याल घोषित भएका हुन् । उनले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका हुन।

हाई इस्कोरल गोलकर्ताको उपाधि आभाष एफ.सी.का अभिषेक लामाले प्राप्त गरेका हुन् । उत्कृष्ट गोलकिपर आयोजक जनप्रवाहका प्रतिम  सैंजु घोषित हुँदै २ हजार पाँच सय रुपैयाँ नगद सहित ट्रफी प्राप्त गरेका हुन्।
प्रतियोगिताको उदयमान खेलाडी आभाषका प्रतीक पराजुली, बलराम थापा र सूर्य श्रेष्ठ घोषित हुँदै १ – १ एक हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गरेका हुन।