बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ घुसुकपुर टेंढामा पटका पड्काउने क्रममा एक किशोर घाइते भएका छन्।
कात्तिक २२ गते राति करिब १०ः३० बजेको समयमा स्थानीय महम्मद समसाद मिया देवानका १६ वर्षीय छोरा अफ्ताब मिया देवान आफ्नै घरको आँगनमा पटका पड्काउने क्रममा पटका पड्किएर घाइते भएका हुन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको हो । पटका पड्किएर दुवै तिघ्रा तथा गोप्यअंगमा जलनसहितको चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा प्रहरीले दिएको जानकारी अनुसार घाइतेलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्जमा उपचार भइरहेको छ भने उनको अवस्था मध्यम रहेको र जनाइएको छ। यसैक्रममा पटका पटका प्रयोग गर्न नदिन प्रहरीले आग्रह गरेको छ।