नेपाल भारत मैत्री संघ, जिल्ला शाखा, मकवानपुरको आयोजनामा  बधाई, शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा नेपाल भारतको जनसम्बन्धको चर्चा गरिएको थियो ।

नेपाल र भारतबीच जनस्तरको सम्बन्ध हिमालदेखि तराईसँग जोडिएको र उल्लेख गर्दै यसलाई प्रगाढ बनाउन आफुहरु लागि पर्ने बताएका थिए ।

कार्यक्रममाआजीवन सदस्य समेत रहेका स्थानिय तह २०७९ निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा संघका आजिवन सदस्य समेत रहेकाहेटौंडा उपमहानगर १ अध्यक्ष सविन न्यौपाने ४ का वडा सदस्य जनरल श्रेष्ठ का वडा अध्यक्ष सुकराम केसी, १० का अध्यक्ष फुर्वा दोर्जे लामा, १० का वडा सदस्य ईश्वर प्रसाद मैनालीलाई सम्मान गरिएको हो ।

मैत्री संघ मकवानपुर अध्यक्ष राजकुमार जोशीको सभाध्यक्षता कन्सुलेट जनरल अफ इन्डियाका कन्सुल सैलेन्द्र कुमारको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा बरिष्ठ पत्रकार चन्द्र किशोर झा संघ मकवानपुरका निर्वतमान अध्यक्ष प्रविण मैनाली सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

मैत्री संघ, मकवानपुरका सचिव सरोज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।