हेटौंडा उपमहानगर–७ स्थित नगस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले २७ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ ।
२०५६ पुष १३ गते स्थापित संस्थाले स्थपनाकाल देखिनै संस्थालाई अघि बढाउनका लागि धेरैको साथ सर्मथन रहेको र सभा सम्पन्न हुदैँगर्दा हाल हेटौंडा ८ कमाने, हेटौंडा १६ चिसापानी र हेटौंडा २ हरिकुञ्जरोडमा सेवा केन्द्रहरु रहेका छन् । हेटौंडा उपमहानगरका पश्चिमी वडाहरु ३, १२ , १३ र १९ बाहेकका सबै वडाहरुमा सदस्य रहेको जानकारी गराइएको छ ।
संस्थाका अध्यक्ष राजु वाइबाको सभाध्यक्षता तथा संस्थाका संस्थापक सदस्य कुल प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा प्रस्तुत आव २०८२्०८३ को वार्षिक प्रतिवेदन पेश अनुसार कूल पुजीँ ६४ करोड ४६ लाख ७० हजार ९६७ रुपैयाँ रहेको छ । सहकारीद्धारा सदस्यहरुलाई ४६ करोड ३६ लाख १५ हजार ६८० रुपैयाँ कर्जा लगानी गरेको हो । बचत निक्षेपमा ५६ करोड २७ लाख ४१ हजार १५३ रुपैयाँ रहेको छ । ५ करोड २४ लाख ५८ हजार तीन सय शेयरपुजीँ रहेको छ ।
६ हजार ९२२ जना शेयर सदस्य आवद्ध रहेका व्यवस्थापक सुशील सुवेदीले बताएका हुन् ।
सभाको अवसरमा विभिन्न विधामा सदस्यलाई सहकारीले पुरस्कृत तथा सम्मान समेत गरेको छ । सहकारीले मासिक बचततर्फ हीरामाया साखी क्षेत्री, भागिरथि शर्मा र कृष्णबहादुर थापामगर, बाल बचततर्फ सुदुष्टि सिग्देल, प्राव्यान हुमागाई र सिरमन थिङ, दैनिक बचततर्फ गजेन्द्र कुमार खनाल, श्रीमाया घलान र छविलाल शर्मा, असल ऋणीतर्फ कृष्णहरि खतिवडा, नानुमाया राई र प्रदीप ओझालाई पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट सदस्यतर्फ सरिता चौलागाई, आवधिक बचततर्फ तोरण कुमारी सुवेदी, लखपति बचततर्फ सिर्जना घिमिरे, संस्थालाई योगदान पुराएको भन्दै रामहरि सापकोटा, संरक्षित पुजीँ फिर्ता कोषतर्फ चन्दा क्षेत्री, पत्रकार बालकृष्ण अधिकारी, कानूनी सल्लाहकार ध्रुवप्रसाद चौलागाई, उत्कृष्ट कर्मचारी ऋण सहायक शोभिता अधिकारीलाई सम्मान गरिएको छ । एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने २९ जनालाई सभामा सम्मान गरिएको हो ।
एकैदिन सदस्य बनेका ५ जना दम्पति समेत सभाको अवसरमा सम्मान भएका छन् । जसमा रामराज उप्रेती र पार्वती उप्रेती, कौशिला सुनार र सञ्जिव रसाईली, रुद्रप्रसाद खतिवडा, अम्बिका खतिवडा, धर्मराज पुडासैनी र सलिना ढुङ्गेल, रिद्धीराज अर्याल र लक्ष्मीदेवी अर्याल रहेका छन् ।

निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, संस्थापक अध्यक्ष रामशरण गौतम, संस्थाका उपाध्यक्ष खडानन्द चौलागाई, लेखा संयोजक विष्णुप्रसाद अर्जेल, तासिर अंग्रेजी माध्यामिक विद्यालयका प्रिन्सीपल विनोद थपलिया, संस्थाका व्यवस्थापक सुशील सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।




















प्रतिक्रिया दिनुहोस्