हेटौंडा ४ मा रहेको भुटनदेवी मावि प्राविधिक शिक्षालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त भएका नविन सिग्देलले आफुलाई विद्यालयको नेतृत्व आवाश्यक भनेकाले पदग्रहण गरेको बताएका छन् ।

मंगलबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर व्यवस्थापन समिति चयन भएको जानकारी गराएपछि सिग्देलले यस्तो बताएका हुन् ।

व्यवस्थापन समिति अध्यक्षमा नियुक्त भएसंगै हेटौंडा उपमहानगर वडा नम्बर ४ का वडाध्यक्ष समेत रहेका सिग्देलले ग्उको पुस २९ गते सम्पन अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति चयन गर्न अध्यक्षमा आफुलाई प्रस्ताव आएपनि अस्वीकार गरेता पनि सिग्देलकै नेतृत्वको आवाश्यक भनेर प्रस्ताव आएपछि लगभग २५ दिन पछि नेतृत्व लिएको बताए ।

४ नम्बर वडाध्यक्षको हैसियतले वडाकै शैक्षिक सुधारको अभियानमा काम गरिरहेको अवस्थामा भुटनदेवी माविको नेतृत्व पाएको बताए ।
उनले अब हरेक बिद्यालयमा अत्याधिक जाने समेत बताए ।

विद्यालयका पूर्वप्रधानाध्यापक स्वर्गीय डेन्टी जंग शाहको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सहयोग गर्ने अध्यक्ष सिग्देलले घोषणा गरेका छन् ।

सिग्देल भन्छन ‘म कतैबाट कसैले पठाएर आएको हैन,  बिद्यालयमा शैक्षि गुणस्तर सुधारका लागि कामगर्छ, विद्यायको हित जसले चाहन्छ, सबै मित्रहुन, यदि कसैले बिद्यालयको अहित गर्छ भने हाम्रो सत्रु  हुन् ।’

विद्यालयमा गरिएको पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार व्यवस्थापन समितिमा अभिभावकतर्फबाट नारायण तिमल्सिना, कृष्ण कँडेल, गोमा सुनार र दिना श्रेष्ठ सदस्यमा चयन भएका छन् । व्यवस्थापन समितिले राजेन्द्रर बास्ताकोटी र राधिका चौलागाईलाई सदस्य मनोनित समेत गरेको छ ।