बागमती प्रदेशको राजधानीको हेटौंडामा नेपाल इन्जिनियर्स एशोसिएसनको वार्षिक कार्यक्रम समपन्न गरेको छ ।

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले ६१ औँ इन्जिनिएरिङ दिवसको अवसरमा बागमती प्रदेश पुर्वाधार विकास अवस्था र चुनौतीहरुबारे सेमिनार सहित उक्त कार्यक्रम गरेको हो।

कार्यक्रममका प्रमुख अतिथी भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले कार्यक्रमलाइ सम्बोधन गर्दै आफुले लिएको जिमेवारीलाई अनुशासित हुदै पूरा गर्नु पर्ने बताएका छन् ।

इन्जिनिएरिङको कार्यक्षेत्रमा पर्ने हर समस्याको सामना गर्दै क्षेत्रालाइ महत्वपूर्ण बनाउन अघि बढ्दै जानुपर्ने बताए ।

इन्जिनिएरिङ क्षेत्रमार्फत सकरात्मक कामको योजनकालागि र प्रदेशले भोगिरहेको समस्या समाधानका विषयमा छलफल गर्न र सकरात्मक कामकै लागि आफ्नो तर्फबाट र मन्त्रालयको तर्फबाट सक्ने सहयोग गरिने मन्त्री दुलालले बताए ।

१सय ४७ जना इन्जिनिएरहरुको उपस्थिती रहेको कार्यक्रममा नेपाल इन्जिनिएरिङ एशोसिएसन बागमती प्रदेश सभापती रोहिनी पौडेललको सभाध्यक्षता रहेको थियो ।

शैकर पण्डित, मोहन कुमार शाक्यको विशिष्ठ अतिथ्यता रहेको थियो भने सचिव दिनेश न्यौपानेले उक्त कार्यम सञ्चालन गरेका थिए ।