हेटौंडा उपमहानगर–५ स्थित हेटौंडा सिटी कलेज जेनिथले कक्षा १२ का विद्यार्थीहरूलाई शुक्रबार विदाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।
कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेका हुन् ।

बिद्यालयमा हाल होटल म्यानेजमेन्ट, व्यवस्थापन, विज्ञान संकाय र कानुनमा अध्यापन गराउँदै आएको कक्षा ११ र १२ मा२ सय जना विद्यार्थीहरु अध्ययन गरिरहेको प्रशासन प्रमुख सुमन्त सिल्वालले बताए ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रमुख सिल्वालको भनाइ छ ।
विद्यार्थीलाई व्यवहारिक शिक्षामा समेत जोड दिँदै आइरहेको रनयाँ वर्ष लक्षित शुभकामना आदान प्रदान कार्यक्रम गरेसंगै बिद्यार्थहरु द्धारानै कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले बताए । २०७४ सालदेखि आफ्नै भवनमा रहेको र शिक्षालाई थप गुणस्तरिय बनाईदै आएको उल्लेख गर्दै असल संस्कारका साथै समय अनुसार बिद्यार्थीहरुलाई शिक्षा प्रदानको सेवा समेत वृद्धि गरिदै आएकाले रोजाइमान पर्ने बिद्यालय हुनेमा विश्वास रहेको बताए।
कार्यक्रममा विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा अभिभावक, विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।