मुक्तक वाचन कार्यक्रम पछि सामुहिक तस्विर / तस्विर महेन्द्र ओझा

मकवानपुर /  मुक्तक मञ्च मकवानपरको आयोजनामा शनिबार साहित्य संगम मकवानपुरको सभाहलमा १५ औँ मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । मुक्तककार राजबाबु पहाडी र शोभा शाह थापाको मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको हो ।

 

मुक्तक वाचन गनुहुँदै सिस्नुपानी मकवानपर अध्यक्ष राजकुमार लामिछाने / तस्विर महेन्द्र ओझा 

कार्यक्रममा तुलसी घिमिरे, पुरूषोत्तम आचार्य, भवानी तिमल्सिना, स्वस्तिका बानियाँलगायतलले मुक्तक वाचन  गरेको मुक्तक मञ्ज मकवानपुरका सचिव सुवास सजलले बताए । साहित्यकार देवराज तिवारीले मुक्तक वाचन गर्नेहरु माथि समीक्षात्मक तिेपप्णी गरेको सचिव सजलले बताए ।

 

कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै सचिव सुवास सजल / तस्विर महेन्द्र ओझा 

मञ्चका अध्यक्ष सागर तिमल्सिनाको सभाध्यक्षमा तथा सिस्नुपानी मकवानपुर अध्यक्ष राजुकुमार लामिछानेको प्रमुख आतिथ्यमा मुक्तक वाचन कार्यक्रम भएको हो । कार्यक्रममा उपाध्यक्ष मेनु तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रम संचालन मञ्चका सचिव सुवास सजलले सञ्चालन गरेका थिए ।

 

रातो समाचार संवाददाता
थप जानकारी