बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल बालमैत्री विद्यालय घोषणाको तयारमिा रहेको छ ।

हेटौंडा उपमहानगर २ मा रहेको निजि बिद्यालयले बुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणाका लागि २६ वटा सूचक पुरा गरिएको जानकारी गराइएको हो ।

विद्यालयमा छात्र र छात्रा गरि १ हजार ५ सय ३४ जना अध्ययन गरिरहेको र सबै सूचकहरु पुरा गरिएपछि फागुन २२ गते घोषणा गरिने योजना बनेको प्रिन्सिपल विनोद सुवेदीले बताए ।

प्रिन्सिपल सुवेदीले बताए अनुसार २२ गते मंगलबार विहान बाल विशेषज्ञको साथमा स्वास्थ्य परिक्षण, ९ बजेपछि विभिन्न झाँकी, पञ्चेबाजा सहित प्रभातफेरी गरिने छ ।
बिहान ११ बजेपछि औपचारिक कार्यक्रम आयोजना गरी विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने प्रिन्सिपल सुवेदीले बताएका हुन् ।

मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा गरिने कार्यक्रममा वडाभित्र रहेका टोलविकास समितिका प्रतिनिधि, बिभिन्न वडामा रहेको विद्यालयका प्रअ, शिक्षकहरुको सहभागिता रहने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको सभाध्यक्षता तथा वडा नम्बर २ का कार्यवहाक अध्यक्ष सुरज बर्तौलाको प्रमुख आतिथ्यता रहेको पत्रकार सम्मेलनमा वडा सदस्यहरु मैया परियार र इन्द्रप्रसाद रिजाल, बाल सहजकर्ता राहुल शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

 

——————-

हेटौंडामा रहेको बालजागृति यसरी ….बालमैत्री विद्यालय घोषणाको तयारीमा

https://www.facebook.com/www.ratosamachar/videos/1310983392901871/