बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको नारायणी कलेज, तुल्सि मेहर माविले श्री पञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर सुरुवाती निःशुल्क भर्ना कार्यक्रम गरेको छ ।

हेटौंडा-१० स्थित भुटनदेवि मन्दिर जाने बाटोमा अवस्थित बिद्यालयले श्रीपञ्चमीका दिन बालबालिकालाई अक्षरारम्भ गराइने दिनको मध्यनजर गर्दै अफरका रुपमा निःशुल्क भर्ना समेत गराइएको हो ।

कार्यक्रम अन्तरगर्त नै बिद्यालयमा सरस्वती माताको रियल सरस्वती प्रतिस्पर्धा समेत गराइएको छ ।

सो प्रतिस्पर्धामा हेटौंडा १० की लाजिना लामा प्रथम ,हेटौंडा ८ की रिदिाका गिरी द्धितिय र हेटौंडा ६ की जेनी लुङ्वा तृतिय भएकी छिन् ।
यसै अवसरका दिन बिद्यालयमा आफ्ना बालबालिकालाई अभिभावकहरुले भर्ना समेत गराएका छन् ।

बिद्यालयमा आएका अभिभावकहरुले समेत समेत गुणस्तरिय शिक्षा शिक्षा प्रदान गर्दैआएको बिद्यालयमा व्यवस्था राम्रै भएको बताए ।
सुभावका रुपमा बिद्यालयको पोशाक तत्कालै परिवर्तन नगर्न आग्ह पनि गरेका छन् ।

हिन्दु धर्म अनुसार सरस्वतीलाई विद्याकी देवी मानिने भएकाले अक्षरारम्भ गराउन र ससाना बालबालिकालाई पढ्नका लागि सहज वातावरण बनाउन निःशुल्क भर्नाको योजना बनाइएको प्रिन्सीपल रघुनाथ खरालले बताएका छन् ।