हेटौंडा  – गणपती बाबा वचत तथा ऋण सहकारी संस्था लि. हेटौंडाले मानव सेवा सामाजिक व्यवहार समन्वय विषयक युवा कार्यशाला कार्यक्रमको आयोजना गरेको छ ।
सहकारी संस्थाले शनिबार कार्यक्रमको आयोजना गर्दै १६ वर्ष देखि २५ वर्षको उमेर समुह सदस्यलाई लक्षित गर्दै कार्यक्रमका आयोजना गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा ५२ जनाको सहभागीता रहेको थियो भने मानव सेवा र सामाजिक व्यवहारका निमित्त सञ्चयको आवाश्यक भएकाले सो कार्यक्रमले बुझाएकाले यसमा तत्पर रहेको सहभागीहरुले बताए ।

संस्थाका प्रबन्धक युवराज तिमल्सिनाले कार्यक्रमको सञ्चालन गरेका हुन् भने  मानव सेवा आश्रम विरगञ्जका देबेन्द्र गुप्ताले सहजिकरण गरेका हुन् ।
संस्थाका अध्यक्ष कमलराज मैनालीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सिए किरण ढोडारी, दन्त विषेज्ञ डा. अस्मित पोखरेल प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष्ष् अञ्जली थापा लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी