हेटौंडा – नीता ढुंगानाको मुख्य अभिनय तथा निर्देशन रहेको नेपाली फिल्म ‘पार्वती’ को ओपनिङ कलेक्सन रकमको ११ लाख ३ हजार २७० रुपैयाँ भोटेकोशी बाढी पीडितका लागि हस्तान्तरण भएको छ ।

शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्मको कलेक्शन २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाएको थियो र आइतबारसम्म १ करोड रुपैयाँभन्दा धेरै कमाइ गरेको जनाइएको छ । फिल्म ‘पार्वती’ प्रर्दशन भएसँगै शुक्रबार देशभरबाट गरेको व्यवसायको रकम सहयोग गर्ने घोषणा अनुसार सोमबार अर्थमन्त्रालय पुगेर राहत स्वरुप प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ रकम प्रदान गरेको हो । निर्देशक निता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शङ्कर पाण्डे, वितरक करण श्रेष्ठ लगायतले अर्थमन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

क्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाइबाट निर्माताले पाउने कुल रकम ११ लाख ३ हजार २७० हजार सहयोग गर्दै अकल्पनीय घटनामा परेका पीडितलाई आफुहरुको तर्फबाट  ठूलो घाउमा अलिकति मल्हम लगाउने प्रयास गरेको निर्देशक निताले बताइन् । उनले फिल्म चलुन्जेलको ५ प्रतिशत  बाढी पीडितलाई दिने निर्णय समेत गरेको जानकारी दिइन् । निर्माता हरिहर अधिकारले फिल्मको पहिलो दिनको कमाइसँगै अलग सहयोग गरेको बताए । फिल्मका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार कोषमा जम्मा गरिदिएका थिए।

‘पार्वती’ मा नीता ढुंगानाले अटिजम भएकी पात्रको भूमिका निभाएकी छन्। नीताका साथमा अशोक दर्जी दिदी भाइको अथाहा प्रेम मन बचन अनि भावानन जोडिएको कथामा बनेको भन्दै हेर्ने दर्शकले भनिरहेका छन् ।

फिल्ममा निर्देशक निता, अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्तप्रकाश अधिकारी, राधिका कँडेल लगायतको अभिनय रहेको छ। फिल्मको तारिफ सँगै फिल्म चलाउने मात्र नभएर पिडीतको लागि सहयोगी बन्ने भावान भएको भन्दै प्रसंसा समेत गरिरहेका छन् ।