मकवानपुरका युवा पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन भएको छ ।

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माद्धारा विहिबार एक समारोहका बिच उक्त पुस्तकको बिमोचान गरिएको हो ।

गीतकार तथा साहित्यकार समेत रहेका पत्रकार अधिकारीको पुस्तकले मकवानपुरमा रहेको पत्रकार, पत्रकारिता र मिडियालाई केन्द्रित गरेर प्रकाशन गरिएकोमा खुसी लागेको प्रदेश प्रमुख शर्माले बताए ।

उनले लेखनयात्रालाइ निरन्तरताको कामना गरे ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै ‘मकवानपुरमा मिडियाले नेपाली पत्रकारिताको लागि अनमोल हुने बताए ।
सो अवसरमा बागमती प्रदेश सामाजिक विकाशमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई निष्पक्ष र स्वतन्त्रका साथ समाचार सम्प्रेषण गर्नुपर्ने बताईन् ।

पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्नुहुँदै लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट सबैलाई वितरण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, उक्त पुस्तकको समिक्षक रामचन्द्र आचार्य फुर्सती, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र पुस्तक प्रकाशक संस्था राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष नवराज न्यौपाने कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको उपस्थिति रहेको थियो ।

त्यसैगरि नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, एकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौँलागाई, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’ संचारकमी लगायतको उपस्थिति रहेको थियो ।