बागमती प्रदेशको राजधानी हेटौंडा हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा ‘पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ ।

युकेजी तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुबीच दीक्षित गरिएको हो ।

पूर्व प्राथमिक तह निवर्तमान संयोजक अनिता गौतमले स्वागत गर्दै दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।

कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन, उद्घोषण, नाटक कला प्रस्तुत गरेका थिए भने कार्यक्रममा अभिभावकको उपस्थितिमा रहेको थियो ।

विद्यालयको पूर्वप्राथमिक तह संयोजक एलिशा जोशीको भिाध्यक्षता तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, प्रिन्सीपल मनोज थिङ, मावि संयोजक सीएम रिमाल, मावि तहका शैक्षिक प्रमुख मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक प्रमुख सचिता पाण्डे लगायतको अतिथ्ता रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी