मकवानपुर – मकवानपुर सुनचाँदी कालिगढ संघको प्रथम वर्षिक सधारण सभा सम्पन्न भएको छ।
मकवानपुरमा रहेर सुनचाँदीको गरगहना बनाउँदै आएका श्रमिकहरुको छाता सङ्गठनको साधरण सभा सोमबार सम्पन्न भएको हो।  कार्यक्रममा जानकारी गराए अनुसार २०७६ साल साउनबाट संघको रुपमा अघि बढ्ने योजना बनाएपछि हरेक श्रमीक माझ पुगेको हो । करिब ३ सय जनामाझ पुगेपछि १८८ जनाको साथ पाइने संकेत अनुसार संघ स्थापितको योजना बनाइएको हो ।

सभामा जानकारी गराए अनुसार ४१ जनाको सर्मथनमा २०८० साउन ३० गते आधिकारिक रुपमा दर्ता प्रक्रिया पुरा भएपछि सुदिप विश्वकर्माको अध्यक्षतामा ११ जना कार्यसमिति चयन भएको हो ।  संघको उपाध्यक्ष दिपक सुनार, सचिव कुमार सिलवाल, कोशाध्यकह विश्वास चुनारा सद्स्यहरुमा उमेश सुनार, राजकुमार सुनार, राजु सुनार, राम्कृष्ण सुनार र बिमल सुनार सिन्चुरी र हस्त बहादुर विश्वकर्मा रहेका छन् । सल्लहकारमा सिताराम विश्वकर्मा र रामचन्द्र सदाशंकर रहेका छन्।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै हरेक शुभ कार्यमा प्रयोग गरिन बनाईने गरहनाको कामगर्ने कालिगढ भन्नू श्रमिकहरुनै भएको र सोही श्रमिकहरुलाई एकै स्थानमा ल्याउने काम गरिरहेको संघ रहेको मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन कुमार शाक्यले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाक्यले आफु व्यवसायीक मात्र नभएर श्रमीक समेत भएकाले कालगिढ संघका लागि पनि साथ र सहयोग का लागि सधैभ तत्पर रहेको बताए।
उनले आजको समयमा यति महंगो दर भएको सुनचाँदकिो गरगहना बनाउने शिप भएको कालिगढको संघले छरिएका श्रमीहरुको समस्या समाधान गर्नेमा सधै रहनका लागि सुझाव दिए ।

संघ एक व्यक्तीको नभएर  सूनचाँदीको कालिगढकै हकहितको लागि सधै कामगर्ने र श्रमीहरुलाई एकै स्थानमा ल्याउने योजनामा संघ सधै रहने अध्यक्ष सुदिप विश्वकर्माले बताए ।

सुदिप विश्वकर्माको को सभाध्यक्षता तथा पवन कुमार शाक्यको सभाध्यक्षता तथा करिब ८५ जना कालिगढको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

रातो समाचार संवाददाता
थप जानकारी