बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको नारायणी कलेज, तुल्सि मेहर माविले श्री पञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर सुरुवाती निःशुल्क भर्ना गर्ने भएको छ ।

हेटौंडा१० स्थित भुटनदेवि मन्दिर जाने बाटोमा अवस्थित बिद्यालयले श्रीपञ्चमीका दिन बालबालिकालाई अक्षरारम्भ गराइने भएकाले अफरका रुपमा निःशुल्क भर्ना गर्ने भएको प्रिन्सीपल रघुनाथ खरालले बताएका छन् ।

हिन्दु धर्म अनुसार सरस्वतीलाई विद्याकी देवी मानिने भएकाले अक्षरारम्भ गराउन र ससाना बालबालिकालाई पढ्नका लागि सहज वातावरण बनाउन निःशुल्क भर्नाको योजना बनाइएको खराल बताउछन् ।

गुणस्तरिय शिक्षा शिक्षा प्रदान गर्दैआएको र शिक्षाका विषयमा आउदा दिनमा अझ स्तरिय शिक्षा प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्दै फागुन २ गते विद्यालयमा नि:शुल्क भर्ना गराउन आग्रह समेत गरेका छन् ।