मकवानपुर । आँचल साहित्यकला पुञ्ज मकवानपुरले खुल्ला वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गर्न लागेको आँचल साहित्यक कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले बताएकी छिन् । पारिजात स्मृति दिवसको अवसर नेपालको सामाजिक रुपान्तरणमा राजनीतिक आन्दोलनको भुमिका विषयक प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष सापकोटाले बाताइन् । प्रतियोगिता हेटौंडा–१० स्थित प्रकाश होटलमा हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ८ हजार रुपैयाँ, दोस्रो हुनेले ६ हजार रुपैयाँ, तेस्रो हुनेले ४ हजार रुपैयाँ र सान्त्वना हुनेले २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आँचल साहित्यले जारी गरेको प्रतियोगिता सम्बन्धी सुचना

रातो समाचार संवाददाता
थप जानकारी