बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले ध्यानाकर्षण गराएको छ ।

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय, बह सांसकृतिक विविधताले भरिएको मुलुक भएका कारण माझी जातीहरुको मध्यनजर गर्दै  लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत तथा आर्थिक सहयोग गर्नुपर्ने मुक्तिमोर्चाको माघ छ ।

अन्य जाती जस्तै माझी जाती पनि देशैभर छरिएर रहेको अवगत गराउदै हिन्दु वर्ण व्यवस्थाभित्र नपरेका किरात, गुरुंग, मगर, लिम्बु थारु जस्तै माझी जाती पनि अष्टद्रविड मुलभित्र पर्ने एक अति सिमान्तकृत आदिवासी जनजाती भएको बागमती प्रदेश सभासदस्य तथा नेकपा माओबादी केन्द्र प्रमुख सचिव बुद्धिमान माझीले बताए ।

बागमति प्रदेश अन्तरगतका जिल्लाहरुका माझी जातीको बसोबास भएको र आदिवासी जनजाती जस्तै माझी जातीको पनि छुटै भाषा, लिपी, संस्कृति र पहिचान भएसंगै मेचि देखि महाकालीसम्मका क्षेत्रहरुमा बसोवास गरिरहेका माझी जातीलाई समेटेर सरकारी बिदाको व्यवस्थाको माघ लगायतमा ध्यानाकर्षण गराईएको माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय सदस्य कृपा माझीले बताईन्।

माझी जातिको विषयमा सरकारको ध्यान नपुगेको र अघिल्लो समय पनि यस विषयमा ध्यान केन्द्रित नभइरहद  भाषा, धर्म र संस्कृतिले हालसम्म कुनै स्थान र मान्यता पाउन नसकेका कारण लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्न मुख्य मन्त्रिलाई माघसिहतको पत्र बुभाईएको माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय महासचिव उर्मिला माझीले बताइन् ।

देश अहिले संघियतामा गएको अवस्थामा माझी जातीको माघलाई सम्बोधन गर्ने मुख्य मन्त्रिबाट धाराण आएको र यसमा बागमती प्रदेश सरकारले सम्बोधलाई लागु गर्ने विश्वास रहेको बताईन् ।

मुख्यमन्त्रि पाण्डेले ध्यानकर्षण पत्र बुझ्दै हरेकले सरकारी बिदाका विषय नै लिएर आउने क्रम रहेको र बिदानै सम्बोधन गर्नेहो भने १२५ जातजाति रहेको ठाउमा बिदाको सम्बोधन गर्नेहो भने काम कहिले गर्ने ?संगै शनिबार लगायतले बिदानै बिदाले झनै समाजमा असर पर्ने अवस्था रहेको बताए ।

बिदामा भन्दा अन्यकुरामा भने के कती काम गर्न सकिन्छ प्रदेश सरकारको तर्फकाट पहल गर्ने विश्वास दिलाउदै शिक्षा आवाश्यक र महत्वपुर्ण भएको रहेकाले यसमा ध्यान दिनु पर्ने बताएका हुन् ।

विषय : लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत तथा आर्थिक सहयोग सम्बन्धमा
महोदय, नेपाल बहभाषिक, बहधार्मिक र बहजातीय, बह साँसकतिक विविधताले भरिएको मलक हो । यसमा अन्य जाती जस्तै माझी जाती पनि देशैभर छरिएर रहेको सिमान्तकत जाती पनि छ। हिन्द वर्ण व्यवस्थाभित्र नपरेका किरांत, गुरुंग, मगर, लिम्बु थारु जस्तै माझी जाती पनि अष्टविड मुलभित्र पर्ने एक अति सिमान्तकृत आदिवासी जनजाती हो। अन्य आदिवासी जनजाती जस्तै माझी जातीको पनि छटै भाषा, लिपी, संस्कृति र पहिचान छ जन मेचि देखि महाकालीसम्मका खोला, नदी आसपासका क्षेत्रहरुमा बसोवास गरिरहेको छ। विशेष गरेर बागमति प्रदेश अन्तरगतका जिल्लाहरुमा माझी जातीको बाक्लो बसोबास छ । देश संघियतामा गइसकेको छ तर पनि अहिलेसम्म हाम्रो भाषा, धर्म र संस्कृतिले हालसम्म कुनै स्थान र मान्यता पाउन सकेको छैन । माझी जातीको अन्य चाडपर्वका अलावा लदी पुजा मुख्य पर्व हो । माझी जाती र पानीको सम्वन्ध आदिम कालदेखि नै रहँदै आएकोले पनि लदी पर्वको महत्व दर्शाउँछ । प्रत्येक वर्षको फागन महिनाको तेश्रो (साहीली) मंगलबार मनाउने लदी पर्वको अवसरमा माझी समुदायले आफ्ना नजीकका नदी र खोलाहरुमा पूजा आराधाना गरी विशेष रुपले मनाउने गरिन्छ । देशैभर छरिएर रहेका माझी समुदायले विशेष रुपले मनाउने मख्य पर्व लदी पजालाई राष्ट्रिय पर्वको रुपमा सूचीकृत गरी विदा दिलाउन माग गर्दै पटक-पटक संस्कृति मन्त्री गहमन्त्री र प्रधानमन्त्री तथा सभामुखसमक्ष ज्ञापन पत्र र निवेदन गरिआएको भएतापनि हालसम्म राष्टिय पर्वमा सचिकत हन नसक्दा माझी समुदाय निराश बन्न बाध्य भएको छ । तसर्थ माझी जातीको मख्य बसोवास भएको क्षेत्र र जिलाहरु समेटिएको यस बागमती प्रदेश सरकारले माझी समदायको मख्य पर्वको पमा रहेको लदी पर्वलाई राष्ट्रिय पर्वको रुपमा सूचिकृत गरी सार्वजनीक विदाको व्यवस्था गर्नको लागि विशेष अनुरोध साथ माग गर्दछौं ।
साथै लदी पर्वको अवसरमा शुभकामना तथा आर्थिक सहयोग एवम् बजेटको लागि अनुरोध गर्दछौं।