हिन्दु नेपालीहरुको दोस्रो महान चाड बडा दशैं पछि तिहारको आगमन सूरु भएको छ ।

महान चाड बडा दशैं तिहार तथा छठपर्वलाई लक्षित गर्दै व्यवसाय गरिरहेका व्यवसायीहरु निकै चिन्तित छन् ।

बिभिन्न स्थानमा रहेका व्यवसायीहरुले तिहारमा आवाश्यक पर्ने सामाग्रीहरु देखि बिभिन्न सामाग्री बिक्रि बितरण गर्नेहरुले ग्राहक पर्खिनु मात्र भएको बताएका छन् ।

यसै विवच हेटौंडा उपमहानगरपालिका ४ मा रहेको राज मोटर्स (यामाहा) सोरुम हेटौंडाका सञ्चालक राजन श्रेष्ठले  व्यवसाय निकै खस्केको बताए ।

चाडपर्व केन्द्रित गर्दै चलाइएकोअफरमा ‘यामाहा कम्पनि जापानी टेक्नोलोजीमा बनेको सबै भन्दा भरपर्दो बलियो इञ्जिन रहेको पेट्रोलको राम्रो माइलेज  सेवा सुबिधा अत्याधिकै भएको एकमात्र मोटरसाइकल भएको यामाहा सोरुम  सञ्चालक  श्रेष्ठ बताउछन् ।

ग्राहककै माग अनुसार बिभिन्न समयमा अफर दिईरहेको यामाहाले यसपटक पनि  अफरै अफर दिदा पनि आर्थिक मन्दिको चपेटामा परेर खासै व्यापार हुन नसकेको श्रेष्ठले बताए ।

लामो समय देखि यामाहा कम्पनीका बिभिन्न मोटरसाइकल, स्कुटर बिक्रि गर्दै आएको अवस्थामा यसपटक भने देशमा चलेको आर्थिक मन्दिका कारण व्यवसाय निकै खस्केको र अर्थ तन्त्रका सुधारका निम्ति सरकारको मुख्य भूमिका आवाश्यक रहेको बताउछन् ।