हेटौंडा  / मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भेष खड्कीले खेलकुद र खेलाडीका लागि काम गर्न सधै तत्पर रहने बताएका छन् ।

समितिमा अध्यक्ष पदमा रहेर काम गरेको २ वर्षे कार्यकाल २०८० चैत्र ०४ गते सहकएको अवगत गराउदै चाहाना भएतापनि केही काम अधुरै रहेको बताए ।

नेतृत्वमै रहेको समयमा समितिले औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंसंग सहकार्य गरेर गएको पुष ५ गते देखि हेटौंडामा गरिएको वृहत् खेलकुद तथा व्यापार महोत्सवले खेलकुद क्षेत्रका लागि आएको रकम २० लाखका लागि अक्षकोष स्थपनाको तयारी पुरा भएको बताए । अक्षकोषलाई समितिबाटै निर्णय गराएर अचलमा जम्मा गरेर अक्षकोषमा आफ्नो व्यक्तीगत तर्फबाट वार्षिक ५० हजार दिने प्रतिवद्धता जनाउदै यसमा सबैले साथ दिएर अन्यबाट पनि सहयोग आउने बिश्वास रहेको बताए । सोही रकम बढेर सोही करोडमा परिवर्तन हुँदै रकमको व्याजले  खेलाडीका लागि केही लगानी गर्न केही सहज हुने खड्कीको भनाई छ ।

आफु बक्सीङ्ग खेलबाट आएसंगै खेलाडी बन्न गरेको संघर्षले गर्दा घरपरिवार अनि आर्थिक पक्ष कमजोर हुँदा खेलाडी उत्पादन र संरक्षण हुन नसकेको अनूभव गरेको खड्की बताउछन् । खेलक्षेत्रमा प्रवेश गर्दाको समयलाई स्मरण गर्दै समयमा खेलाडीको पहिचान झल्कने ७ रुपैयाँको टिसर्ट लगाउन महिनौ प्रशिक्षण गरेर अञ्चल टप गर्नु पर्ने समय भएको खड्कीले बताए । तर, अहिले तत्काल पोशाक दियो लगायो अनि  खासै मेहनत नगर्दा दुख लागेको र यसबारे ध्यान पनि दिनु पर्ने खड्की बताउछन् ।
उनले खेलकुद बिकास समितिमा अध्यक्ष हुँदा हेर्ने होभने आर्थिक पक्षपनि निकै कमजोर संस्था रहेको भएतापनि काम गर्नुपर्छ भन्ने सोचले आएको बताए ।

खेलाडी उत्पादन र संरक्षणको लागि खेलाडीहरुकमो मनोभावाना अवस्था बुझेर उसको निमित्त गनुृपर्ने कार्यकालागि सरकारले चासो लिनुपर्ने र
स्थानिय तहले भूमिका खेल्नुपर्ने खड्कीको भनाइ छ ।  यसका लागि स्थानिय तहबाट एकैपट ४ करोड बजेट बिनियोजन गर्ने र जिल्ला भरबाट २ सय जना खेलाडी राखेर हरेक खेलको प्रशिक्षण दिने हो भने खेलाडीहरुको सहजै उदय हुने बताए । अब आउने नेतृत्वले खेलाडीको हकहितका लागि काम गर्छु भन्ने सोच राख्न आग्रह गरे ।
उनले भने “खेल, खेलकुद र संस्थाको लागि इमान्दार भएर क्षेत्रकालागि आएको रकम सहि सदुपयोग गर्नुपर्ने हुन्छ, यदि खेल र खेलाडीकै लागि आएको रकम जो कसैले व्यक्तीगत स्वार्थका लागि खर्चा गर्छ भने, रगत खाए बराबर हुन्छ ।”

………………………

२०८० चैत्र ०६ गते प्रकाशित
बागमती प्रदेश खेलकुद विकास परिषदबाट २०७८ चैत ४ गते अध्यक्ष पदमा नियुक्त भएका खड्गीलाई समितिको कार्यालय परिषरमा एक कार्यक्रमको आयोजना गर्दै सम्मानपत्र प्रदान गर्दै बिदाई गरिएको हो ।

नेतृत्वमा अएपछि खेलकुद जगतमा विकास गर्न पुर्याएको योगदानको कदर गर्दै पूर्व मेयर हरिबहादुर महत, नगर खेलकुदका निवर्तमान अध्यक्ष चन्द्र शाही, जिल्ला खेलकुदका पुर्व अध्यक्ष सानु लाम, वडा–१ का अध्यक्ष सविन न्यौपाने, वडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा–११ का अध्यक्ष जुना दहाल, मकवानपुर जिल्ल तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्नबज्रचार्य र सितोरियो कराँते संघका अध्यक्ष दीपक बहादुर लामा, जुडो संघका अध्यक्ष सविन मुक्तन लगायतको उपस्थितिमा सम्मन गर्दै विदाइ गरिएको हो ।

२ वर्षे कार्यकाल पुरा भएर अध्यक्ष पदको जिम्मेरवारी सकिएपनि खेलजगतमा सधैव साथ सहयोग पाइने विश्वास रहेको बताउदै जिल्ला भलिबल संघ र व्याडमिन्टसंघका पदाधिकारीहरु लगायतले कदर पत्र प्रदान गर्र्दैे सम्मान गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले कार्यकालभरी खेलकुद क्षेत्रमा निस्वार्थ तरिकाले काम गरेकोमा खुसी व्यक्त गरिन् ।

गएको पुष ५ गतेदेखि १८ गते सम्पन्न खेलकुद तथा व्यापार महोत्सवबाट आएको २० लाख रुपैयाँको अक्षयकोष निर्माण समेत भएको छ ।

राजेश गरिब
थप जानकारी