हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ का वडाध्यक्ष सविन न्यौपाने यतिबेला स्थानीयबासीको लागि खानेपानी पुर्याउने भन्दै दौडीरहेका छन् ।
साविकको हेटौंडा १ र बसामाडि गा.बि.स. वडा नं. ८ र ९ मिलेर बनेको कुल क्षेत्रफल १४.८६ वर्ग किलोमिटर रहेको वडामा पनीको निकै समस्या रहेको छ ।
वडा भित्र धार्मिक स्थल पथीभरा मन्दिर,  भ्यु टावर, जस्ता मनमोहक पर्यटकिय स्थलहरु भएपनि स्थानीहरुले खानेपानीको समस्या झेल्दै आएका हुन् ।

गएको २०७९ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पुनः दोस्रोपटक पनि वडाध्यक्षमा विजयी भएका न्यौपानेले खानेपानीको निकै समस्या भएको र अब समस्या समाधान भएको बताएका छन् ।

वडाध्यक्षमा विजयी भएका न्यौपानेले वस्तीमा खानेपानी समस्या समाधानको लागि भन्दै प्रायःजसो डाँडाकाँडा चढिरहेका छन् भने जनताकै समस्या खानेपानी रहेकाले समाधानको लागि दौडधुप रहेको वडाध्यक्ष सविन न्यौपानेले बताए ।वडाको पुर्वि सिमानामा त्रिभुवन राजपथ, महेन्द्र राजमार्ग रहेपनि अधिकांस भागहरु ग्रामिण स्तरभएकाले कामगर्न कठिन भएपनि जनताकै मनोभावान अनुसार काम गरिरहेको बताएका हुन् ।

आइताबार बेलुका सम्म कार्यस्थलमै रहेर काम गराउदै गर्दा भेटिएका न्यौपाने भन्छन “सडक निर्माण देखि बिभिन्न कामहरु संगै खानेपानीको सहज बनाउन समस्या समाधानको बाटो पछ्याउदै गर्दा कार्य सम्पन्नको निकट आइएको छ, थ्रिफेज बिद्युत जडान भयो,  काम सम्पन्न हुन्छ । अब भने वडा नम्बर -१,  स्थित भैरव डाँडा, नकौली,घ्यार्सिङटार र शिखरकोटका बासिन्दाहरु संगै वडा नम्बर -१९, स्थित लेकपानी  र डुमारेका बासिन्दाहरुले पनि सहजै खानेपाने उपभोग गर्न सक्ने छन् ।

राजेश गरिब
थप जानकारी