मकवानपुर– मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता मंगलबार देख सुरु हुने भएको छ ।

हेटौंडा –६ स्थित गौरीटार रंगशालामा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुन लागेपछि स्थानीयहरु देखि बिभिन्न व्यक्तीहरु खुसी भएका छन्।
उक्त खेल हुने भएपछि रंगशाला चर्चाको विषय बनेको छ ।

यसै ििवषयमा बोल्दै बागमती प्रदेश खेलकुद संघका महासचिव (एन्फा ) का लवराज ठकुरीले लामो समय ओझेलमा परेको रंगशाला चिनाउनु पर्छ भनेरै खेल आयोजना गरेकोमा फुटबल संघलाई धन्यवाद दिन चाहेको बताए ।

फुटबल संघले गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरेर रंगशाला चिनाउने काम गरेकोमा खुसी लागेको र यस प्रतियोगितालाई साथ दिनकालागि आग्रह समेत गरे ।