हेटौंडा बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले शारिरीक अशक्त भएका व्यक्तिहरुको स्वास्थ्य सुविधाका लागि आवश्यक कार्यका लागि मन्त्रालयकाृ तर्फबाट पहल गर्ने बताएका छन् ।

बुधवार राष्ट्रिय अपांङ्ग महासंघको आयोजनामा सामाजिक विकास मन्त्रालयको सभाहलमा गरिएको छलफल तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
शारिरीक अशक्त भएका व्यक्तिका लागी गत वर्षबाट वजेट छुट्याईएको र हाल सम्म लगभग २ करोड खर्च भईसकेको मन्त्री श्रेष्ठले बताए ।
स्वास्थ्य क्षेत्रबाट पाएको सुविधा आवश्यक पर्ने व्यक्तिले पाउनुपर्ने र यस्ता कार्यमा जिम्मेवार संघसंस्था पनि जवाफदेहि हुनुपर्ने भएकाले अशक्त व्यक्तिको तथ्यांक उपलब्ध गराउन महासंघलाई आग्रह गरे ।
दृष्टिबिहिन, हिड्न नसक्ने, हिड्न व्यक्तिहरुलाई उपचारका लागी आवश्यक सामाग्रीहरु उपलब्ध गराउन पहल गर्ने बताएका हुन् ।स्वास्थ्य मन्त्रालयको पनि आफ्नै सिमितता हुने भएकाले आफ्नो प्रदेशमा मात्रै लागु गर्न सकिने जानकारी दिदै क,ख,ग वर्गका कार्ड देशैभरि एउटै प्रकृतिको भएकाले निति नियम केन्द्रिय सरकारले गर्ने भएकाले बागमती प्रदेश सरकारले छुट्टै नीति अवलम्वन गर्न नमिल्ने मन्त्री श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा बागमती प्रदेशमा ७ हजार घरपरिवारले स्वास्थ्य बिमाको सुविधा लिईरहेको मन्त्री श्रेष्ठले बताए ।छलफल कार्यक्रममा पि.एस.ओ. नेपालका डम्वर बोहरा,नेत्रहिन महासंघ मकवानपुरका अध्यक्ष केदार बहादुर बजगांई,राष्ट्रिय अपांग महिला सेवाका प्रमुख सुप्रभा अपलि लगायतको उपस्थित रहेको थियो ।