हेटौंडा / पछिल्लो समय नेपाली चलचित्रले दर्शक पाएन भन्ने कुरालाई पछाडी पार्छकी भन्ने संकेत देखिएको छ ।

यस अघि प्रर्दशनमा आएका नेपाली चलचित्र महाजात्रा र डिग्री माइला पछि बैसाख १४ गते शुक्रबार देखि प्रर्दशनमा आएको चलचित्र बोक्सीको घर ले दर्शक पाएको देख्दा त्यस्तै अनुमान गर्न सकिन्छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ले पहिलो दिन नै दर्शक पाएको हो भने बक्स अफिसमा राम्रै सुरुवात गरेको छ ।
‘बुझिनँ मैले’ बोलकोृ गीतले गर्दा पनि बोक्सीको घर’मा दर्शकलाई तानेको छ । ‘बोक्सीको घर’ मा दर्शकहरु पुगपछि उत्साहजनक शो पाएको छ ।

शुक्रबार पहिलो दिन झन्डै दुई सय अधिक शोज पाएको भने बलिउड फिल्म ‘रुस्लान’ लाई चासो दिएका छैनन् ।

बालविवाह भएकी एक बालिका, अनि बोक्सीको आरोप लगाइएकी एक महिला पात्रलाई हेर्दा अन्धविश्वासका कारण महिलाले कति अन्याय सहनुपर्छ भन्ने देखाइएको छ । पृष्ठभूमिमा गुञ्जने ध्वनी पिपलको बोट, कालो विरालो, रातो कपडा लगाएकी अभिनेत्री केकीको अभिनयले छुट्टै तरङ्ग पेदा गर्ने चलचित्र भन्दा फरक पक्कै पर्दैन । ‘बोक्सीको घर’ मा दर्शकहरु पुगेपछि चलचित्र राम्रै राम्रो भएको र कथा बस्तुले मन छोएको बताएका हुन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेत्री केकी अधिारीको अभिनयलाई हेर्दा साउथ फिल्मको झल्को दिने रहेको छ ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्मातामा बद्री अधिकारी छन् भने राज घिमिरे कार्यकारी निर्माता रहेको
अभिनेत्री केकी सहित सुपला सापकोटा , बाल कलाकार श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सुलक्षण भारती, सबिन बास्तोला आदिको अभिनय रहेको छ ।

राजेश गरिब
थप जानकारी