मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आज मंगलबार देख सुरु हुने भएको छ ।

अन्तर्राष्ट्रिय गोल्डकपमा पारो एफसी भुटान र बागमती युथ क्लब सर्लाही बीच प्रतिस्पर्धा संगै उद्घाटन खेल हुने भएको फुटबल संघले फेसबुक पेजमार्फत् खेल तालिका सार्वजनिक गरेको हो ।

करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवूथा गरिएको छ ।

प्रतियोगितामा प्रथम हु्ने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।

प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।