नेपाल राष्ट्रिय शिक्षक सङ्गठन प्रदेश समिति बागमती प्रदेशको प्रथम अधिवेशन हुने भएको छ ।
बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै मङ्सिर २२ र २३ गते हुने प्रथम अधिवेशनका बारेमा जानकारी गराइएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन र देशकै पेशागत आन्दोलनको पहिलो र अग्रणी संस्था रहेको र शैक्षिक जगतलाई अग्रदिशामा लैजान नेपाल राष्ट्रिय शिक्षक संगठन सक्रिय रहेको अध्यक्ष निरबहादुर कार्कीले बताए ।

पत्रकार सम्मेलन मार्फत गौरवपूर्ण इतिहास बोकेकी जिल्ला मकवानपुर भएको अवगत गराउदै शिक्षक संगठनले विगतदेखि हालसम्म अग्रणी भूमिकामा रहेर शैक्षिक सुधारसंगै नेतृत्व विकास समेत गर्दै आएको कार्कीले बताएका हुन् ।

देशका सातवटै प्रदेशको पहिलो अधिवेशनको महा अभियानमा रहेकाले नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम अधिवेशन प्रदेशको राजधानी हेटौंडामा गरिन लागेको  बिभिन्न कार्यक्रमको अन्तिम तयारी पूरा गरिएको बताए ।