मकवानपुर / बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा औंलो रोग निवारण सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

१७ औं विश्व औंलो दिवसको अवसरमा  बिहिबार आयोजित कार्यक्रममा औंलो रोग निवारण कार्यक्रम मार्फत औंलो रोग मुक्त गर्ने लक्ष्य रहेको जनाएको छ । सेवालाई  तिब्र पारेर औलो सर्ने क्रम घटाउनेतर्फ लागिएको एन्टोमोलोजिस्ट रहचन घर्ती मगरले बताए ।

गत वर्ष २०७९ देखि ८० सम्म बागमती प्रदेशको ४६ स्थानहरुमा औंलो रोग देखिएको र अन्य स्थानबाट आएका हरुमा ४ सय ११ संक्रमीत रहेको कार्यालय प्रमुख कृष्णा बहादुर मिजारले बताए ।

मिजारले बताए अनुसार सन् २०२१ को तथ्याङक अनुसार भारतकै महाराष्ट्र, गुजरातमा, उत्तर प्रदेश, नयाँ दिल्ली, पश्चिम बंगाल, राजिस्थान, तमिलनाडु, उत्तर खण्डमा, गोवा, हरियाणा, आन्द्रप्रदेश, कर्नाटक, मध्य प्रदेश गरी ३ सय ३६ जनामा औंलो रोग देखिएको छ ।

यसै स्थानमा भन्दापनि बाहिरी स्थानबाट आएर रो सरेकाले औंलो रोग निवारणका लागि प्रदेश, जिल्ला र पालिकास्तर सम्म टाक्स फोर्सको गठन गरेर काम गरिने र कटजन्य रोग ब्यबस्थापन , जोखिममा रहेका व्यक्तिहरुमा झुल तथा रोग सर्ने स्थान पहिचान गरेर औषधीको प्रयोग गर्ने भएको हो ।

मिजारले भने “सबै ज्वरो औंलो नहुने र ज्वरो नआई औंलो नहुनेऔलो सचेतना कार्यक्रममा अनिवार्य रहेको र औलोको परिक्षण अनिवार्य गराउनु ।”

………………………………………..

विस्तृत जानकारी हेर्नुहोस् ।।

World Malaria Day – 2024

रातो समाचार संवाददाता
थप जानकारी