नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत Minimum Service Standards (MSS) for Ayurveda Health Center नेपालमै पहिलो मूल्याङ्कन बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्य मन्त्रालयका सचिव श्री बद्री बहादुर खड्काको प्रमुख आथित्यता स्वास्थ्य निर्देशनालयका निर्देशक श्री महोश्वर श्रेष्ठ, शाखा प्रमुख श्री सतिश विष्ट,कन्सल्टेण्ट आयुर्वेद विज्ञ डा.सुरेश महर्जन, स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रबिन भुषाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. ललिता पाण्डेको अध्यक्षतामा मिति २०८०-०१-१५ गते  Minimum Service Standards (MSS) for Ayurveda Health Center को मापन कार्य सम्पन्न भयो।

उक्त मापनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अङ्क ५१.८७% प्रतिशत ल्याउन सफल भएको छ।

साविकको नारायणी अञ्चल आयुर्वेद औषधालयको स्थापना वि.सं.२०३४ सालमा भएको हो। संघियता पश्चात नारायणी अञ्चल आयुर्वेद औषधालयको नाम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,मकवानपुरमा नामाङकरण भएको हो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट हाल दैनिक ओ.पि.डी. सेवा, विशेषज्ञ ओ.पि.डि. सेवा, पूर्वकर्म तथा पञ्चकर्म सेवा, निशुल्क औषधी वितरण, सशुल्क फार्मेसी संचालन ,निशुल्क योग परामर्श सेवा,जेष्ठ नागरीक सेवा, स्तनपायी कार्यक्रम, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, शल्य सेवा(क्षारसुत्र सेवा,अग्नी कर्म) सेवाहरु उपलब्ध हुँदै आएको छ।यस कार्यालयबाट मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम समेत शुरु भएको छ ।स्वास्थ्य निर्देशनालयले सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा दुई दिन लगाएर न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन  गरेको छ।

स्वास्थ्य मन्त्रालयका सचिव श्री बद्री बहादुर खड्का र निर्देशक श्री महेश्वर श्रेष्ठबाट आयुर्वेद कार्यालयहरुको सहि मूल्याकन हुने र मकवानपुरबाट सुरु गर्दै बागमती प्रदेशका सबै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्याकन गर्ने र गुणस्तरीय सेवा प्रवाहमा टेवा पुर्याउने बताउनु भयो।आयुर्वेद स्वास्थ्य केन्द्रको लागी आवश्यक मापदण्ड पुरा गर्न आवश्यक सहयोग स्वास्थ्य मन्त्रालयले गर्ने श्री बद्री बहादुर खड्काले बताउनुभयो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले पञ्चकर्मका सम्पूर्ण सेवाहरु र जिवनशैली परिवर्तनका कार्यक्रमहरु गर्दै आएको छ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको नयाँ भवन निर्माण कार्य शुरु भईरहेको हुँदा नयाँ भाडाको घरबाट सेवा उपलब्ध गराईरहेको छ।भाडाको घरमा कोठाहरु प्रयाप्त नभएकाले र भर्खरै मात्र सरेको हुनाले सेवाहरु सञ्चालन गर्न कठिनाई भएको र विस्तारै व्यवस्थापनको क्रममा रहेको कार्यालय प्रमुख डा. ललिता पाण्डेले बताउनुभयो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुख डा. ललिता पाण्डेले सिंगो टिमको पहिलो पटक सहि मूल्यांकन भएको बताउनुभयो।यस मूल्यांकनमा प्राप्त भएका सुझावहरुलाई परिस्कृत गर्दै लिएर जाने र आगामी छ महिना पछिको मूल्यांकनमा अझ उत्कृष्ट अङ्क ल्याउन सबै कर्मचारीहरुबाट प्रत्यत्न गर्ने जानाकारी दिनुभयो। नेपालमा नै पहिलो पटक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट आयुर्वेद संस्थाहरुमा MSS मापन कार्यक्रम शुरुवात गर्नुभएकोमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालय परिवारप्रति हार्दिक आभार प्रकट गर्नु भयो।