मकवानपुर / नेपाली चलचित्र जगतमा बिल्कुलै फरक चलचित्र ‘बोक्सीको घर’ आगामी वैशाख १४ गतेदेखि प्रर्दशन हुने भएको छ ।

काठमाडौंको सिभिल मलको क्यूएफएक्सु सिनेमा हलबाट गएको चैत्र २० गते चलिचित्रको ट्रेलर सार्वजिनक गरिएपछि ‘बोक्सीको घरको निकै चर्चा चलेको छ ।

ट्रेलरमा देदिए अनुसार बालविवाह भएकी बालिका, उनीमाथि लागेको बोक्सीको आरोप पिपलको रुखलाई प्रयोग गरिएर बोक्सीको आरोप लगाइएकी एक महिला पात्र रहेको र समाजले गर्ने शोषणको कथालाई मुख्य विषय बनाइएको अनुमान गर्न सकिन्छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको ‘बोक्सीको घर’मा मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी देखिएकी छिन्।

रातको दृश्यमाबोक्सीको भाव झल्कने पृष्ठभूमिको गुञ्जने ध्वनीले डर पैदा हुने गरि पिपलको बोट, कालो विरालो, रातो कपडा लगाएकी अभिनेत्री केकीको अभिनयले भूतिया फिल्म हो भन्ने देखिन्छ। सोही समयमा बोक्सीको कथा बुझ्न गाँउमा एक पात्र पुगेको देखिन्छ ।

आगामी २०८१ वैशाख १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ भन्दै केकी अधिकारीलाई फरक गेटअपमा प्रस्तुत गरिएको तस्विर गएको चैत्र १३ गते सार्वजनिक गरिएको थियो ।

त्यसपछि टिजर र ‘जिन्दगीको कथा’ बोलको गीतले हाइप बढेसंगै सार्वजनिक ‘बोक्सी लुक्स’ले चर्चा बढेकोे थियो । गायक प्रकाश सपुतसँग मिलेर सपुतकै शब्द र संगीत प्रकाश र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘बुझिनँ मैले’ नयाँ गीत आएपछि त झन चर्चाले शिखर चुमेको छ ।

कालो विरालो, रातो कपडा लगाएकी अभिनेत्री केकीको अभिनयले भूतिया फिल्म हो भन्ने देखिन्छ। सोही समयमा बोक्सीको कथा बुझ्न गाँउमा एक पात्र पुगेको देखिन्छ ।
लोचन रिजालको नेपथ्मा ध्वनी, रहेको चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । लोकेश बज्राचार्यको सम्पादन रहेको र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरेको प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले जनाएकी थिइन् ।

सामाजिक–थ्रिलर जनरामा निर्माण भएको चलचित्रले कूप्रथालाई चित्रणगरेर डरलाग्दो मनोविज्ञान बोकेको र रातको दृश्यमाबोक्सीको भाव झल्कने पृष्ठभूमिको गुञ्जने ध्वनीले डर पैदा हुने गरि पिपलको बोट, अधिकारीलाई निकै फरक भूमिकामा देख्न सकिने र सुलक्षण स्वयं केकीको श्रीमानको भूमिकामा छन् ।
साथमा अभिनेत्री रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ ।

 

राजेश गरिब
थप जानकारी