हेटौंडा। डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा नेपाली चलचित्र ‘द राइज अफ साम्राज्य’ निर्माण हुने भएको छ ।
लेखक बुद्धिसागरको लेखन सौरभ चौधरीले निर्देशन गर्ने तयारीमा रहेको सोमबार ‘टाइटल लोगो’ सार्वजनिक गदैै निर्देशक चौधरीले जनाएका हुन् । यसअघि यसअघि ‘अगस्त्य च्याप्टर १’, ‘कर्मा’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक चौधरीले यसपटक ‘द राइज अफ साम्राज्य’ निर्देशन गर्ने जानकारी गराएका हुन् ।
थिम पोस्टरमा देखिए अनुसार दन्किरहेको आगोको लप्काबीच एक रहस्यमय पात्र घोडामा सवार देखिएका छन् । साहस, संघर्ष र इतिहासको गहिरो इतिहासलाई संकेत गरेको हो भन्न सकिन्छ ।
पोस्टरको माथिल्लो भागमा हावासँगै फरफराइरहेको रातो झण्डाले सौन्दर्य अनि क्रान्तिको ज्वाला, रगतले लेखिएको इतिहास र परिवर्तनको तीव्र आकांक्षालाई अभिव्यक्त गरेको हो जस्तो लाग्छ ।
पृष्ठभूमिमा धमिलो रूपमा देखिएको रामलीला नाटकको दृश्यले कथालाई रहस्यमय बनाउँदै कुनै ऐतिहासिक परिवेशमा आधारित हुन सक्ने संकेत दिएको र वरिपरि देखिएका पुराना कालखण्डको समयतर्फ पुर्याएको पाइन्छ । जहाँ सत्ता, स्वाभिमान, विद्रोह र बलिदानका आयामहरूको अनुभूति हुन्छ।
पोस्टरमा देखिएका कुराहरुमा नियाल्दै गर्दा चलचित्रप्रति उत्सुकता र अपेक्षा दुवैलाई बलियो बनाउँने गरि निर्देशक चौधरीको भूमिका हुन्छ भन्ने विश्वास मान्न सकिन्छ । किन भने यस अघि सिनेमा हलमा राम्रोसँग चल्न नसकेपनि निर्देशक चौधरीको निर्देन भने चलचित्रमा तारिफ योग्यनै थियो ।
फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । सह-निर्मातामा विश्वास बस्नेत ९बेन० र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्। भदौ पहिलो साताबाट छायांकन सुरु हुने र तालिका ७० दिनको हुने फिल्मलाई मानकृष्ण महर्जनले खिच्नेछन् । एक्सनका लागि श्री श्रेष्ठ छन् । फिल्मका लागि कलाकारहरु भने सार्वजनिक गरिएको छैन ।
थिम र टाइटल अनाउन्समेन्ट गरेर पूर्ण रूपमा छायाकंन सकिएसँगै पोस्टको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने त्यसपछि रिलिज डेट बारे कुरा गर्ने निर्देशकको भनाई छ ।

















प्रतिक्रिया दिनुहोस्