बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना अनुसार मेयर पदको उम्मेदवारमा गठबन्धनबाट नेकपा एसको मिना कुमारी लामा र नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन्।

उपमहानगरमा ७३ हजार ४ सय १४ मत खसेको थियो ।

लोकप्रिय बन्दै मकवानपुरकै पहिलो महिला मेयर बन्न सफल लामाले २३,०७५ मत पाएर विजयी भइन् ।

नेकपा एमालेका अनन्त पौडेलले २०,९०८ मत मत पाए। इन्ट्रि मारेका दिपक बहादुर सिंहले २०,५३१ मत प्राप्त गरे। उपमेयरमा राजेश बानियाँले ३२,५९३ मत पाएर बिजयी भए । नेकपा एमाले तर्फको उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले२३,९०९मत पाइन् । राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले ५,४८३ मत ल्याइन्।

जित हासिल गरेपछि लामाले हेटौँडामा उम्मेदवार हुंदा गरेको प्रतिवद्धता अनुसारै काम गरिने बताईन् ।
जनताको साथ सहयोग र सर्मर्थनले गठबन्धनको जित भएको र उपमहानगरबासीको मतका कारण आफुले नगरको नेतृत्व गर्ने मौका पाइएको बताईन् ।
अब प्रमुखको जिम्मेवारीमा रहेर निश्पक्ष  काम गरिने उल्लेख गर्दै सबैमा धन्यवाद व्यक्त गरिन् ।

के भनिन् त  ?