नेपाल बैंक लिमिटेड,  चित्लाङ शाखाको अइताबार शुभारम्भ भएको छ ।

नयाँ वर्ष २०८१को आगमन संगै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सहित मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने थाहा नगर वडा नम्बर ९ चित्लाङमा बैंक शाखा कार्यालयको सुरुवात गरेको हो ।

ग्रामिण क्षेत्रमा पर्ने स्थानमा बंकिङ्ग पहुँच नहुँदा नयाँ शाखा मार्फत बैंकले सम्पुर्ण बैङकिङ्ग ुसेवा सहजै प्रदान गरिने र निकट भविष्यमा २४ घण्टानै सेवा दिइने गरि एटिएम सेवा पनि सञ्चालनमा ल्याइने प्रबन्धक रोशन तिवारी बताए् ।

काठमाडौँ नजिक पर्यटकिय क्षेत्र भएता पनि सेवाबाट बन्चित हुन परेकोले क्षेत्रलाई प्रथामिकतामा राखेर काम गरिएको बताए ।

सो क्षेत्रका सर्वसाधारण देखिउद्यमी र व्यवसायीहरुलाई हुने गरि नियममा रहेर सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायतका सम्पूर्ण बैकिङ्ग सेबा उपलब्ध गराइने प्रबन्धक तिवारी बताएका हुन् । प्रबन्धक तिवारी बताए अनुसार नेपाल बैंक नेपालको पहिलो बैंक समेत भएको र देशका विभिन्न स्थानमा २ सय ३५ भन्दा धेरै शाखाहरू सञ्चालनमा रहेको छन् ।

सो स्थानका बासिन्दाहरुले पालुङ्ग ,बज्रबाराही, इन्द्रसरोवर देखि काठमाडौँको थानकोटसम्म पुग्नु पर्ने अवस्थाको अन्त्य भएको भन्दै स्थानीयहरु खुसी भएका छन् ।
थाहा नगरपालिका ९ चित्लाङका वडा अध्यक्ष राजकुमार बलामी, चित्लाङ शाखा प्रमुख, मदन भण्डारी विज्ञान तथा प्राबिधीक विश्व बिद्यालयका लेखापाल शम्भु अधिकारी, समाजसेवी रामकृष्ण बस्नेत लगायतको उपस्थितिमा शुभारम्भ कार्यक्रम गरिएको हो ।

रातो समाचार संवाददाता
थप जानकारी