हेटौंडा /  बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर वडा नम्बर -११ स्थित नवलपुरकी रञ्जिता सिलवाल बिश्वकर्माले सांगितिक क्षेत्रमा मौका कुरेको वार्षौ भएको छ ।

शहिद स्मारक जाने बाटो छेउ घर भएकी रञ्जिता आफ्नै घरमा भएको गमला उद्योग र नर्सरीमा रहेको बोट बिरुवामा रमाउने र गुनगुनाउदै गर्दै दिनहरु बित्ने गरेको छ । सूमुधुर स्वर दिन सक्ने एक प्रतिभाको खानी अभिनय समेत गर्न सक्ने रञ्जिताले नेपाली अफिसियल भजन देखि कभर गित समेत गाएर  R2 Anmol युट्युव च्यानलमा अपलोड पनि गरेकी छिन् ।

उनले अपलोड गरेको भिडियो हेरेर आवाज सुन्ने हो भन्ने एक प्रतिभा लुकेको हो भन्ने पक्का गर्न सकिन्छ । यसैबारे हेटौंडा -११, स्थित नवलपुरमा रहेकी रञ्तिाले रातो समाचरसंगको कुराकानीमा हेटौंडामै जन्म भएर हुर्किएसंगै नवलपुरकै बिद्यालयमा शिक्षा लिएपनि कलेजको यात्रामा १२ बाट अघि बढ्न नसकेको बताइन् ।

परिवारमा  दाजुहरु अनि आमा आफु रहेको र गुनगुनाउदा निकै आनन्द लाग्ने बताइन् । सानैदेख बिभिन्न कार्यक्रममा गितहरु गाएको र गितसंगितको गहिराइमै डुब्न मन लाग्ने भएकाले गुनगुनाउने अनि यसमै केही गर्छु भन्ने मन भएको रञ्जिता बताउछिन् । घरमै रहेको गमला उद्योग अनि बोटबिरुमा रमाएरहेकी रञ्जिताले बैदेशिक रोजगारीको विषयमा प्रश्न गर्दा नेपालमा काम गर्नेहो भने आयस्रोतको बाटो रहेको सुनाइन् ।

सानै हुँदा बुवा गुमाएसंगै धेरै क्रा अभावको महसुस भएको र सोचे अनुसार अवसर नपाउनु अनि समयको पनि उस्तै अभावकै कारण चाहाना – मात्र चाहानामा सिमित भएको रञ्जिताले बताइन् ।
रञ्जिता भन्छिन् ” शब्दहरुलाई आवाज दिएर संगित भरेर गुनगुनाउदा गितसंगित अन्तर आत्माबाटै आउने भावाना अनि एक किसिमको तरंग हो भन्ने लाग्छ, त्यसैले गितसंगितमा केही गर्ने भएतापनि समयले साथ दिएको छैन । मनमा रहेको संकल्पले समयलाई नै पर्खेको छु ।”

 

राजेश गरिब
थप जानकारी