![](https://ratosamachar.com/wp-content/uploads/2023/08/364177623_613598624217077_7692105262624452870_n-1024x768.jpg)

रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं २ स्थित रहेको होटल एभोकाडोमा अनविज्ञय व्याण्डको आयोजनामा साउन २७ गते शनिबार रकब्यान्ड कन्सर्ट हुने भएको छ ।
पत्रकार सम्मेलन मार्फत आयोजक समिति सदस्य संग्राम बल लामाले आर्टस एकेडेमी हेटौडामा दृष्टिविहीन,, अशक्तता भएका व्यक्तिहरुको सहयोग तथा सांगीतिक माध्यमद्वारा उनिहरुको उत्साह बढाई प्रोत्साहन गर्न लागिएको जसमा ब्लाइन्ड रक प्रस्तुती,अभ्य एन द स्ट्रीम इन्जिनिएस, फ्रिडम नेवारी समुदायको प्रस्तुती साथै आयोजक अनविज्ञय ब्यान्डको समेत प्रस्तुती हुने भनिएको छ ।
‘रक फर भिजिविलिटी’ भन्ने मूल नाराको साथ हुने कार्यक्रको टिकट विक्री सुरु भइसकेको छ । कार्यक्रममा जान ५सय रुपैया टिकट शुल्क लाग्ने छ भने विद्यार्थीलाई ३सय रुपैया मात्र लाग्ने जानकारी दिइएको छ । कार्यक्रममा अनुमानित रकम करिब १० लाख रुपैया खर्च हुन सक्ने आंकलन आयोजक टिमको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्