हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अयोजनामा हेटौंडा–१०,स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद,कृषि तथा पर्यटन महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुती दिनका लागि हेटौंडामा आइपुगेका चर्चित गायक दुर्गेश थापाले आफैँलाई साथमा लिएर गएका छन् ।
हेटौंडामा जारी महोत्सवको नवौं दिनको दिन आफ्नो सांगीतिक प्रस्तुति दिन आएका चर्चित गायक दुर्गेश थापाले प्रदेशको राजधानीबाट आफैँलाई साथमा लिएर गएका हुन् । हेटौंडाको खेलकुद महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुति दिन आएका चर्चित गायक दुर्गेश थापालाई उनका फ्यान रश्मी भट्टराईले उपहार स्वरुप उनको स्केच चित्र बनाएर प्रदान गरेकी छिन् ।
जस अन्तर्गत गायक दुर्गेश थापाले उनको फ्यान रश्मी भट्टराईले दिएको स्केच चित्र उपहार स्वरुप ग्रहण गर्दै चित्र मार्फत आफैंले आफैँलाई साथमा लिएर गएको फ्यानको माया बोकेर गएको दृश्य देखिएको छ । यस अघि पनि रश्मी भट्टराईले चर्चित गायीका रचना रिमालको स्केच चित्र बनाएर महोत्सवमा उपहार स्वरुपमा प्रदान गरेकी थिइन् ।
रश्मी भट्टराईले विभिन्न चर्चित गायक र गायीकाहरुलाई उनीहरुको स्केच चित्र बनाएर उपहार स्वरुपमा प्रदान गर्दै आएको उनको आधिकारिक टिकटक भिडियोमा पनि देख्न सकिन्छ । दुर्गेसँग दुशमन हेरेको हरै, दुश्मन हेरेको हेरै गीतमा रमाउँदै त्यो गीतमा नृत्य गर्दै स्केच चित्र प्रदान गरेकी थिइन् । गायक दुर्गेश थापाले पनि उक्त चित्र ग्रहण गर्दै उनको नाम सोधेर कति राम्रो चित्र बनाएर भनेर तारिफ गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
यस अघि पनि मकवानपुरबाट बाहिरी जिल्लामा पुगेर रश्मी भ्टटराईले उपहार स्वरुप विभिन्न राष्ट्रिय गायक, गायीका र कलाकारहरुलाई उपहार स्वरुप उक्त चित्र प्रदान गरिसकेकी छिन् ।
उनले गायीका एलिना चौहान, गायक प्रताव दास, स्वप्न सुमन लगायतका कलाकाहरुलाई स्केच चित्र प्रदान गरिसकेकी छिन् । महोत्सवमा गायक दुर्गेश थापाले दुशमन हेरेको हेरै, शिवको नाममा, तिनै होलिन हाम्री दिदी लिन आएकी, तिज लगायतका गीतहरु गाएका थिइन् । फ्यान प्रतिको लगावकै कारणले दुर्गेशको आगवनसँगै महोत्सवमामा दर्शकहरु उल्लेखनीय रुपमा सहभागी भएका थिए ।
अन्य गायकाहरुको प्रस्तुतिको तुलनामा दुर्गेशकै आगमनको समयमा भने दर्शकहरु उल्लेखनीय रुपमा सहभागी भएको दृश्य देखिएको थियो । आफ्नो फ्यानको मन जित्न सफल दुर्गेशले आफ्नो प्रस्तुतिको क्रममा साना साना बालबालिका फ्यानहरुलाई स्टेजमै तानेर नाच्ने अवसर प्रदान गरेका थिए ।




















प्रतिक्रिया दिनुहोस्