रोशन दिप – नेपाल खेलकुद महासंघले १४ स्थापना दिवसको अवसर पारेर फागुन १० गते विहिबार गरेको जुनियर क्योकोशीन जिल्ला स्तरीय कराते प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र चौथो भएका खेलाडीलाई मेडल, प्रमाणपत्र वितरण तथा उत्कृष्ट खेलाडीलाई नगद सहित सम्मान गरिएको छ।

बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं २ स्थित संगम चोकमा रहेको फन हेटौडामा शनिवार खेलाडीलाई मेडल, प्रमाणपत्र वितरण तथा उत्कृष्ट खेलाडीलाई नगद सहित सम्मान गरिएको हो।

मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइको युनियनको सह आयोजनामा भएको प्रतियोगितामा महिला तर्फ ५० केजी तौल अन्तरगत साधना लोप्चन प्रथम, सुजिका लामा द्वितिय, मेलिना चौलागाई तृतिय, दिपिका भोम्जन चौथो भएकी हुन्।

त्यसैगरि पुरुष तर्फ ४५ केजी तौल अन्तरगत समिर विश्वकर्मा प्रथम, शिशीर मगर द्वितिय, सुजन घिसिङ तृतिय, सुदिप महतो चौथो भएका हुन् ।

महिला तर्फ ३५ केजी तौल अन्तरगत चुना आले मगर प्रथम, विमला मोक्तान द्वितिय, शिखा चौलागाई तृतिय, सुविना गोले चौथो भएकी छन् भने पुरुष तर्फ ३५ केजी तौल अन्तरगत अशिम खड्का प्रथम ,शिव वाइवा द्वितिय, आवेग लोप्चन तृतिय, निमार्ण लामा चौथो भएका हुन् ।

महिला तर्फ ३० केजी तौल अन्तरगत रशु श्रेष्ठ प्रथम, सुप्रिया खतिवडा द्वितिय, सविना गोले तृतिय, सोफिया लामा चौथो भएकी छन् भने पुरुष तर्फ ३० केजी तौल अन्तरगत अंकित बल प्रथम, ओम रुम्बा द्वितिय, अर्जुन थिङ तृतिय, कृषाङ् सिंह ठकुरी चौथो भएका हुन्।

त्यसैगरि पुरुषतर्फ २५ केजी तौल अन्तरगत स्वीकृत खतिवडा प्रथम, रिसुक राई द्वितिय, समिर थिङ तृतिय भएका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेट टिमका लेफ्ट ह्यान्ड बलर रिजन ढकाललाई ८००० नगद सहित, साफ यु–१९ राष्ट्रिय महिला फुटबल खेलाडी मकवानपुरकी सजिना स्याङतान ८००० सहित र मकवापुर गोल्डकपका उत्कृष्ट खेलाडी अनिष महर्जनलाई ४००० नगद सहित सम्मान गरिएको हो ।

मुख्य प्रशिक्षक विष्णु श्रेष्ठ रहेको १२ गते भएको कार्यक्रममा ड्रेमोसट्रेसनहरु, घ्याम्पो ब्रेकिङ्ग, आइस ब्रेकिङ्ग, टायल ब्रेकिङ्ग, लठ्ठी बेकिङ्ग, मोटर साइकल, पेटबाट गुडाउने, ढुङ्गगा ब्रेकिङ्ग, कराते गितमा डान्स लगायतका बिभिन्न आर्कर्षण ड्रेमासेट्रेसनहरु गरिएको हो । कार्यक्रममा करिब २ लाख लागतको अनुमान गरिएको आयोजकले जानकारी गराएको छ ।

संग्राम बल लामाको सभाध्यक्षतामा भएको कार्यक्रम नेपाल खेलकुद महासंघका महासचिव धरम लामाको पमुख आतिथ्यता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्रि डोरमणी पौडेलको विशिष्ट आतिथ्यतामा भएको हो । जिल्ला खेलकुद विकाश समितिका पुर्व अध्यक्ष सानु लामा दोङ्ग, खेलाडी, खेल प्रशिक्षक लगाएतको उपस्थितीमा भएको हो ।