हेटौंडा / आन्तरिक राजस्व कार्यालय विभागले आर्थिक वर्ष २०८० – ८१ का लागि यही असार मसान्त पछि काटिने बिलमा – HS -हार्मोनाइज कोड अनिबार्य गरेको छ। अब देखि बिलको ढाँचामा एक कोलम  – HS -हार्मोनाइज कोड स्थान थप्नु पर्ने भएको हो ।

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को अनुसूची -५ , ५ख र ६ (कर बीजकको ढाँचा र संक्षिप्त कर बीजकको ढाँचा) मा संशोधन सम्बन्धमा भन्दै सूचना समेत जारी गरेको राजस्व कार्यालयले जनाएको हो ।

नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा मूल्य अभिवृद्धि कर (छब्बिसौं संशोधन) नियमावली, २०८१ को मूल नियमावलीको अनुसूची- ५ ५ख र ६ मा संशोधन गरी राखिएको / उक्त व्यवस्था बमोजिम “मूल नियमावलीको अनुसूची – ५ ( नियम १७ को उपनियम (१) सँग सम्बन्धित ) कर बीजकको ढाँचा, ५ख ( नियम १७ को उपनियम (१क) सँग सम्बन्धित ) कर बीजकको ढाँचा र ६ ( नियम १८ को उपनियम (१) सँग सम्बन्धित ) संक्षिप्त कर बीजकको ढाँचा ” संशोधन भएको हुँदा सोही बमोजिम सम्बन्धित करदाता एवं सरोकार वाला सबैमा जानकारी गराइएको जनाइएको हो ।

कर बीजक जारी गर्दा कुनै वस्तुको किसिम, साइज, आयातित सामान भए भन्सार प्रज्ञापन पत्रमा उल्लेख भए बमोजिमको वस्तुको कम्तीमा सुरुको चार अङ्कको हार्मोनाइज कोड HS कोड, मोडल र ब्रान्ड भएमा सो खुलाउनु पर्ने बताइएको छ ।

 

यसै क्रममा आन्तरिक राजस्व कार्यालय, हेटौंडा शाखाप्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराई संग एच एस कोड अर्थात हार्मोनाइज कोडका विष्यमा छोटो कुराकानी गरेका छौं ।

 

राजेश गरिब
थप जानकारी