
हेटौंडा / स्वास्थ्यको लागि खेल भन्दै जल्डका रनर क्लब कालिपुङ्ग समुहको टोली दौड अभियान अन्तरगर्त शनिबार हेटौंडा आइपुगेका छन् ।
भारतको दार्जिलिङ्ग स्थित कालिपुङ्ग देखि दौड अभियान सूरु गरेर दौड अभियानमा दौडकै लागि निस्किएका २ जना युवा नवदेन तामाङ अनुज शर्मा र सहयोगीको भूमिकामा गोपाल गुरुङ्ग, लोकेश तामाङ, अशिम भुजेल, सुदन राय सहित ६ जना हेटौंडा आइपुगेका हुन् ।
दैनिक ६० किलोमिटर दौडिरहेको र सिन्धुली झनझनेहुँदै शनिबार हेटौंडा आइपुगेर हेटौंडामा पत्रकार संग भेटघाट गर्दै भारतबाट करिब ६ सय किलोमीटर दौड पुरा गरेर हेटौंडा आइपुगे पछि गएको ८ तारिखदेखी केदारनाथसम्म १ हजार ८ सय किलोमिटर दौडेर पुग्ने बारे गोपाल गुरुङ्गले बताए ।
नेपालमा भाषादेख हरेक गतिबिधि मिल्ने अनि सबैको माया र साथ पाइरहेका कारण आफ्नो भूमि देखि टाडा भएतापनि घरमै रहेको अनुभव रहेको बताएका हुन् ।
अहिलेको समयमा युवाहरुमा पर्ने नकारत्मक असरको अन्त्य गर्ने चाहाना अनि स्वास्थ्यको लागि पनि फाइदाजनक भएकाले दौडाइएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्