उपाधि जित्न सफल बागमती प्रदेशका प्रतिनिधि

मकवानपुर /  प्रथम अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० अन्तरगर्त १ सय ४० पदकसहित बागमती प्रदेश पहिलो भएको छ ।
प्रतियोगिताको समापन आइतबार भएसंगै सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो भएको हो ।

७ वटा प्रदेशका १ हजार ७ सय ८५ जना खेलाडी, प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७ सय ३० जनाले विभिन्न खेलको लागि सहभागिता जनाएका हुन्। ६१ स्वर्णसहित ४२ रजत र ३६ कांस्य गरी १ सय ३९ पदक हात पार्दै प्रथम स्थानमा बागमती आएको हो ।
सुदूरपश्चिमका लागि २१ स्वर्ण, २१ रजत र २९ कांस्य गरी कुल ७१ पदक पायो ।

कोशी प्रदेशले १६ स्वर्ण २३ रजत र ३६ कांस्य गरी ७५ पदक जितेर तेस्रो स्थानमा पुग्न सकेको हो ।
११ स्वर्ण, १८ रजत र २० कांस्य गरी जम्मा ४९ पदक गण्डकी प्रदेशले जितेको हो भने लुम्बिनीले ११ स्वर्ण, १६ रजत र २८ कांस्य गरी ५५ पदक पाएको छ ।
११ स्वर्ण, १० रजत र २४ कांस्य गरी ४५ पदक कर्णाली प्रदेशले जितेसंगै मधेश प्रदेशले ३ स्वर्ण, ३ रजत र १५ कांस्य गरी २१ पदकमा चित्त बुभाउनु परेको छ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा चैत २५ बाट सूरु भएको प्रतियोगितामा पुरुष फुटबल छाडेर अन्य खेलहरु चितवनको गौतमबुद्ध क्रिकेट रंगशालामा सञ्चालन भएको हो । खेलमै महिला भलिबलसहित बक्सिङ र करातेमा ९र९, तेक्वान्दो र एथलेटिक्समा ७र७, पौडीमा २७ र ब्याडमिन्टनमा १ स्वर्ण पदक हात पारेको हो।  सामाजिक विकास मन्त्री कुमारी मोक्तानको सभाध्यक्षमा तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश खेलकुद विकास परिष्दका सदस्यसचिव सुर्यलाल भण्डारी लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

रातो समाचार संवाददाता
थप जानकारी