हेटौंडा । हेटौंडा–१५,स्थित श्री आधारभूत विद्यालय कमाने भोर्लेले अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीसँग भर्चअल माध्यमबाट अन्तरक्रिया कार्यक्रम गरेको हो ।

 

विद्यालयको नियमित शैक्षिक गतिविधि अन्तर्गत आयोजित कार्यक्रममा कक्षा–५ देखि कक्षा–८ सम्मका ताइवान बोर्डर लेशन शेसन बंगलादेशका विद्यार्थीहरूसँग अन्तरक्रिया गरेको विवश जंग थापाले जानकारी गराएका छन् । विद्यार्थीहरूले आफ्नो देशको संस्कृति, भाषा, रहनसहन, शिक्षा प्रणाली तथा सामाजिक गतिविधिबारे अनुभव आदानप्रदान कार्यक्रममा विद्यार्थीहरूले नेपाली कला र संस्कृतिको झल्को दिने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेको कार्यक्रममा नेपाली मौलिक संस्कृति प्रस्तुत गरिएको थापाले बताए । नृत्यले विदेशी विद्यार्थीहरूको समेत ध्यान आकर्षित गरेको विद्यालयले जनाएको छ ।

 

प्रशिक्षक विवश जंग थापाको सहजीकरणमा भएको कार्यक्रममा समन्वय विद्यालयको प्रधानाध्यापक नवीना बस्नेतले गरेकी थिइन् । प्रधानाध्यापक बस्नेतले यस्ता अन्तर्राष्ट्रिय अन्तरक्रिया कार्यक्रमले प्रविधिको उचित प्रयोग र विद्यार्थीहरूलाई विश्वस्तरीय सिकाइ अनुभव दिलाउनुका साथै फरक संस्कृति र परिवेशबारे बुझ्न सहयोग पुग्ने बताइन् ।

त्यस्तै विद्यालयका सहायक प्रधानाध्यापक विशाल बानियाँले अहिलेको प्रविधिको युगमा “ग्लोबल भिलेज” को अवधारणाअनुसार विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउँदै उनले यस्ता गतिविधिले विद्यार्थीको नेतृत्व क्षमता, सञ्चार कला तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखिन् ।

रातो समाचार संवाददाता
थप जानकारी