रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा साउन ११ गते शुक्रबार देखि एक हिन्दी र दुई नेपाली मुवी रिलिज हुँदैछ ।
साउथ हिन्दी मुवी सुपरस्टार धनुषको रायन मुवी जसलाई धनुष स्वयमले लेखन तथा निर्देशन गरेका छन् । जसमा एस जे सुर्या, प्रकाश राज, सिल्भरागाभन, सुदिप किसन, कालीदास जयाराम, दुसारा विजायान, अपना बलमुरली, बरलक्ष्मी सरथकुमार, सरभनन लगाएतको अभिनय रहेको छ ।
राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’मा कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह रोमान्टिक अवतारमा देख्न सकिन्छ । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा गिरीको निर्देशन तथा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।
फिल्ममा ईश्वर भनेको एउटा क्यारेक्टर हो। जहाँ एउटा इमान्दार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा नेताको पावरले जागिर छोड्न बाध्य भएपछिको ‘ईश्वर’ पात्रले गाउँ गएर बर्दी बिनाको प्रहरीको काम गर्छ। अब कसरी गर्छ भनेर थाहा पाउन तपाईँले मुवी हेर्नुपर्ने हुन्छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीको पनि अभिनय छ । फिल्मबाट अभिनेत्री शाहले ५ वर्षपछि कमब्याक गरेकी हुन् ।
फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको नृत्य निर्देशन छ । रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन छ ।
आरएल लामा मोक्तानको निर्देशन रहेको फिल्म ब्ल्याक छायाँमा नीर शाह, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी, सलोन बस्नेत, सुष्मा कार्की, रोडियो श्री, शारदा गिरी लगायतका अभिनय छ ।प्रेमकथामा निर्माण भएको फिल्मका निर्माता रेलुमाया तामाङ, मैना सुनुवार र आर सोनाम लामा रहेका छन् । खड्ग लामा मोक्तान निर्माता रहेको फिल्मका छायांकार सञ्जु थोकर हुन् ।
अब यी तिन मुवी मध्ये बक्स अफिसमा कसले बाजी मार्लान त्यो त समयले नै बताउँ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।























प्रतिक्रिया दिनुहोस्