रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको नारायणी मलमा रहेको एनएस सिनेमा हलमाफागुन ११ गते शुक्रबार अर्थात् २३ फेब्रअरी देखि एक्सन हिन्दी मुवी क्रयाक र  गोर्खाली सैनिकको साहसिक युद्धकथामा आधारित गोर्खा वारियर रिलिज हुदैछ ।

मुवीको ट्रेलर हेर्दा एक्सनमा नयाँ शैली देखिन्छ र मुवीलाई बलिउडको इतिहासमै पहिलो एक्सट्रिम स्पोर्ट एक्सन जन्रामा बनेको मुवी भनिएको छ ।

आदित्य दत्तको निर्देशनमा बनेको मुवीमा विद्युत जामवाल र अर्जुन रामपालको दमदार एक्सन हामीले देख्न सक्छौँ । मुवीमा एमी ज्याक्सन र नोरा फतेहीको पनि फिल्ममा अभिनय छ ।


गोर्खा वारियर मुवी वास्तविक घटनामा आधारित रहेको बताइएको छ। फिल्ममा इमर्जेन्सी जंगल वारमा आधारित गोर्खाली सैनिकको साहसिक युद्धकथा लडाईंको क्रममा भोग्नुपरेको दुःख, उनीहरुको पारिवारिक अवस्था, वर्षौँ अगाडिको नेपाली सामाजलाई प्रस्तुत गरिएको छ ।

निर्देशक मिलन चाम्सले निर्देशन गरेको मुवीमा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको मुख्य भूमिका छ ।

चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको मुवी निर्मातामा सुमन राई र सुस्मिता वाइवा हुन् ।

त्यसैगरि प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता र सुरेश राई सह निर्मातामा हुन्। सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

अब यी दुई मुवी मध्ये बक्स अफिसमा कसले बाजी मार्लान त्यो त समयले नै बताउँ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।