रोशन दिप – माघ ९ गतेदेखि बिगुल मुवी देशैभर रिलिज हुँदै माघ ९ गतेबाट देशैभरका सिनेमा हलहरुमा एकसाथ रिलिज हुन लागेको मुवी बिगुलमा भ्रष्ट राजनिती र कुशासनको कारणले गर्दा देशमा परेको समस्या, जेनेरेसन ग्याप लगाएत थुप्रै समसामयीक विषय वस्तु उठान गर्न खोजिएको छ ।

धेरैलाई टिजर र ट्रेलर जेनजी आन्दोलनबाट प्रभावित भए जस्तो लागे पनि निर्माण पक्षले विभिन्न संचार माध्यममा सो कुरा संयोग मात्र भएको स्पष्ट पारिसकेको छ । निमार्ण पक्षको अनुसार बिगुल एक आम युवा आम नेपालीको आवाज हो जुन आवाजले परिवर्तन चाहान्छ । त्यसैले बिगुल मुवीमा देशमा व्याप्त व्यथिती र विसंगतीलाई शुक्ष्म ढंगले देखाउने र समाधानको बाटो देखाउने पनि प्रयास गरिएको छ ।

रमेश कोइरालको निर्देशन रहेको मुवी बिगुलमा बेनिशा हमालसँगै नरेन खड्का, निर शाहा, रमेश बुडाथोकी, विनोद न्यौपाने, सरोज खनाल, हेमन्त बुडाथोकी, शिशिर वांग्देल, जेन घिमिरे, गिता अधिकारी, मिरा पन्डित, मानसी शर्मा लगाएतको अभिनय रहेको छ।

दिपेश कोइरालाको कथा तथा निर्माण रहेको मुवीकी प्रस्तुतकर्ता कल्पना पौडेल हुन् भने विश्व प्रकाश शर्मा, अर्जुन पोखे्रल र मनोज राईको संगित रहेको छ । त्यसैगरि प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा एवम संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन रहेको मुवीमा द्वन्द निर्देशन भने एमबी महर्जनले गरेका हुन् ।