नेपाली फिल्म लालीबजार को प्रदर्शन रोक्न माग गर्दै दायर भएको रिटमा यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई काठमाडौँ — उच्च अदालत पाटनले खारेज गरेको छ । न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले दुवै पक्षको बहसपछि अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेपछि प्रर्दशनको बाटो खुलेको हो।
यसैविच मुख्य भूमिकामाकी अभिनेत्री स्वस्तीमा खड्का ले खुसी व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जाल आफ्नो फेशबुकमा अभिव्यक्ती दिएकी हुन् ।

स्वस्तीमा खड्का : सम्मानित अदालतको आदेशपछि हाम्रो फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ। छोरीका लागि आमाले गर्ने संघर्षको कथामा आधारित यस फिल्मलाई दर्शकमाझ ल्याउन हामी तयार छौं। आगामी शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि, तपाईंले यो फिल्म आफ्नो नजिकको सिनेमा घरमा हेर्न सक्नुहुनेछ ।
यस फिल्मको उद्देश्य कुनै पनि समुदाय वा वर्गलाई ठेस पुर्याउनु थिएन र होइन। हामीले आमा र छोरीबीचको सुन्दर र मन छुने भावनात्मक कथा प्रस्तुत गरेका छौं।
हामी हलमा तपाईंहरूसँग भेट्न र साक्षात्कार गर्न आतुर छौं । छिट्टै सिनेमा घरमा भेटौं ।
……………………………………………………………………………………………………………
षट्कोण आर्टस्ले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित यम थापा निर्देशित फिल्म १८ वैशाखदेखि प्रदर्शनको तयारीमा थियो । वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । यसअघि न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले बुधबार यसअघि एकल इजलासबाट चलचित्र प्रदर्शन रोक्न जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरिदिएको हो ।
अदालतको आदेश आएसँगै निर्माण पक्षले फिल्म वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने जानकारी आएको हो ।
………………………………………………………………………………………………………….
‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभई पीडा र यथार्थलाई सम्मानपूर्वक प्रस्तुत गर्ने प्रयास गरेको बताइएको छ ।
नेपालको पश्चिम बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको सामाजिक यथार्थलाई समेटेको निर्माण टिमले जनाएको छ ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ ।




















प्रतिक्रिया दिनुहोस्