हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले अहिलेको वर्तमान समयमा पार्टीलाई चुनावी नतीजाको चिन्ता भन्दापनि चिन्तनको आवश्यक परेको बताएका छन् । उनले नेपाली काँग्रेस पार्टीका कार्यकर्ताले चुनावी चिन्तालाई छाडेर चिन्तनको मोडमा गएमा पार्टीको दायरा फराकिलो हुने बताएका छन् । सोमबार हेटौंडामा आयोजित नेपाली निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रीय सभापति थापाले चिन्तनले आफू भित्रको गल्तीलाई मूल्यांकन गर्न सिकाउने, आफू बाहिरको कूरालाई मूल्यांकन गर्न सिकाउने बताउँदै चिन्तनको मोडमा गए दायरा फराकिलो व्यापक र गहिरो हुने बताएका हुन् ।
सभापति थापाले चिन्ताले समस्याको बारेमा स्मरण गराएर दुःखी हुन सिकाउने र चिन्ताले समस्याको बारेमा मात्र नबताइकन समाधान गर्न सक्ने क्षमता प्रदान गर्ने बताए । लगातार चुनावी जित्दै आएकोमा आफूहरुले यो पटकको चुनावमा हार व्यर्होर्नुपरेको उनले स्वीकार गर्दै सबै पार्टीका प्रतिनिधिलाई १० वर्षको अवधीमा सुशासनको विषयमा चुक्दा वा नचुकेको विषयलाई बताउन नसक्दा कस्तो प्रकारको छवी पार्टीको बारेमा निर्माण भएको त्यसलाई बुझ्न आवश्यक रहेको उनले बताए । चुनावको हारबाट आफूबाट भएको गल्तीहरुलाई स्वीकार गर्दै चिन्तन गरेर आगामी दिनहरुमा त्यसलाई सुधार गर्ने अवसर पाएको उनले बताए ।
चुनावी नतीजाले पार्टीमा घाटासँगै नयाँ अवसर पनि ल्याएको बताउँदै उनले निर्वाचन सानो घेरामा मात्र नबसेर हारलाई स्वीकार गर्दै आफूलाई मजबुत बनाउन सबैलाई सुझाव दिए । निर्वाचन सम्पन्न भएपछि नेपाली काँग्रेस पार्टीले गरेको निर्णयलाई पालना गर्दै त्यसको विषयमा छलफल गर्न अनुरोध गरे । नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले प्रतीपक्षमा रहेको बताए । उनले यस विषयलाई पार्टीका प्रतिनिधिले कसरी हेरिरहेको छ ? भन्ने कुराको प्रश्न गर्दै केहि दिन पहिलेको पार्टीको केन्द्रीय समितिको बैठकबाट कानूनको नियमको विषयमा निर्णय गरेको बताए । उनले उक्त बैठकबाट विधिको साशसनको बारेमा निर्णय गर्दै प्रधानमन्त्री, पार्टीको सभापति भएपनि कानून दायरा भन्दा माथि उठ्न नपाउने बताए । विधिको शासन अनुसार व्यक्ति र राज्य दुबैका लागि कानून बराबरी हुनुपर्ने बताए ।























प्रतिक्रिया दिनुहोस्