रोशन दिप – प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ कोशी प्रदेशले उपाधी जितेको छ ।

यस अघि बुधबार सम्पन्न भएको फाइनल खेलमा सुदुरपश्चिमलाई २–० गोल अन्तरले पराजित गर्दै कोशी प्रदेशले फाइनलको यात्रा तय गरेको हो भने बागमती प्रदेशले कर्णाली प्रदेशलाई टाइब्रेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा आइतबार सम्पन्न भएको फाइनल खेलमा बागमती प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्दै कोशी प्रदेश विजयी भएको हो ।

खेलको दास्रो हाफमा निखिल तामाङले गरेको गोल निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच कोशीका निर्णायक गोलकर्ता तामाङ घोषित भए । उनले ट्रफी प्राप्त गरे । प्रदेश खेलकुद विकास परिष्दका सदस्य सचिव सुर्यलाल भण्डारी लगायत विभिन्न पदाधिकारीहरुको उपस्थितिमा पुरस्कार प्रदान गरिएको हो । सामाजिक विकास मन्त्री कुमारी मोक्तान र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रतियोगिताको विजेता र उपविजेतलाई पुरस्कार प्रदान गरे । कोशी प्रदेशका बसन्त ओझा सर्वोकृष्ट खेलाडी घोषित भएका । बागमतीका राज थोकर उत्कृष्ट फरवाड, कोशीका कमल खवास उत्कृष्ट मिडफिडर , बागमतीका रोशन दोङ उत्कृष्ट डिफेन्डर, कोशीका विजय कुमार उत्कृष्ट गोल रक्षक र कोशीका प्रकाश मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भएका ।