झापा र मोरङ्गबाट शंकास्पद बस्तु सहित बिभिन्न समयमा विभिन्न स्थानबाट९ जना पक्राउ परेका छन् ।

झापाको गौरादह नगरपालिका वडा नं २, का ३८ वर्षे सुमन कुमार कार्की, कन्काई नगरपालिका वडा नं ३,का ४१ बर्षे भिष्म थापा,दमक नगरपालिका वडा नं ९, चियादोकान चोकका ५०वर्षे देवी बास्कोटा गुरागाई ५८ वर्षे कुमार भन्ने यमदत्त सिटौला ३२ वर्षे सरुण लिम्बु भन्ने दिलकुमार सामेखाम संखुवासभा खाँदवारी नगरपालिका वडा नं १० सित्तलपाटी घर भई हाल सुन्दरहरैचा ६,मोरङ्ग बसोवास गर्ने बस्ने २९ वर्षे मनमोहन दाहाल,झापा गौरीगञ्ज गाउँपालिका वडा नं ३,का ३२ बर्षे आनन्द भन्ने अनन्त प्रसाद गिरी,गौरादह नगरपालिका वडा नं ५,का ३३वर्षे प्रदीप थापा,गौरीगन्ज गाउँपालिका वडा न ३का ४५वर्षे विजय कुमार दास हलुवाइ रहेका छन् ।

उनिहरुलाई बिभिन्न अपराधिक घटनाको आरोपमा बिभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

१ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर क्षेत्रिय अनुसन्धान समुह जिल्ला प्रहरी कार्यालय झापा,ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमक झापाको संयुक्त प्रयासबाट अपराधिक घटनामा संग्लग्नहरुलाई फरक फरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरिएको प्रवक्ता डिएसपी पाठकले बताए ।

 

 

पक्राउ परेकामाथि प्रहरीको आरोप

१ .अपराधिक घट्ना सम्बन्धी योजना बनाई भारतमा बसी आर्थिक संकलन गर्ने गरीअपराधिक गतिबिधीमा प्रयोग गरेको निजको साथबाट हिमाल सुरक्षा परिषदको पर्चा,पम्प्लेट,स्ट्याम्प,चन्दा माग्ने गरेको सिमकार्डहरु र आर्थिक सहयोग गरिदिने बारेको पत्र समेत वरामद गरि २ गते गौरीगञ्ज गाउपालिका वडा नं ५ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट सुमन कुमार कार्की पक्रउ परेका हुन् ।

२ं मोटरसाइकल पउने प्रलोभनमा परिसुरुङ्गाको चाराली चोकबाट साइकलमा उक्त शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको पर्चा पम्प्लेटहरु लिई बिर्तामोडको पश्चिम बसस्टेण्डमा राखेको माघ २८ गते पक्राउ परेका भिष्म थापामाथि आरोप छ ।

३.“हिमाल सुरक्षा परिषद” संग आवद्ध रही शंकास्पद वस्तु प्रेसर कुकर राख्ने योजनामा संलग्न रही माघ ०८ गते केर्खा चोकमा रहेको १ पसलबाट ४ वटा प्रेसर कुकर खरिद गरी मुख्य गिरोहलाई उपलब्ध गराई विष्फोटन गतिविधिमा सहयोग गरेको नामः(देवी बास्कोटा गुरागाई माथि आरोप छ । चन्दा असुल गर्ने कार्यमा समेत संग्लग्नता देखिएको र निजको घरबाट घटनामा प्रयोग भएको प्रेसर कुकरको कार्टुन,चन्दा माग गर्न प्रयोग भएको मोबाइल तथा समूहको गतिविधिमा शंकास्पद देखिएको चेकहरु समेत बरामद गरि माघ २९ गते पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

 

४. ग्रेटर नेपालको माग राखी शंकास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार भुक्तान गरेका व्यक्तिसंग मिली हिन्दु राज्य र राजतन्त्र पुनःस्थापनाको माग राखी कोटीहोम स्थित आफ्नो कुटीमा पटक पटक बैठक बसी मोटरसाइकल किनिदिने प्रलोभनमा पारि छिमेकीे ट्युबबेल गाड्ने व्यक्ति भिष्म थापालाई बम राख्ने कार्य लगाएको आरोपमा कुमार भन्ने यमदत्त २९ गते पक्राउ परेका हुन् ।

 

५. विर्तामोड र दमकमा शंकास्पद प्रेसर कुकर राख्ने कार्यमा संलग्नता देखिएसंगै “हिमाल सुरक्षा परिषद” नामक समूहको गतिविधिको लागि झापा र मोरङ्ग जिल्लाका विभिन्न स्थानबाटचन्दा उठाउने गरेको सरुण लिम्बु भन्ने दिलकुमार सामेखाम माथि आरोप छ ।
मनमोहन दाहालबाट रकम लिई भारत बिहार राज्यको अररिया जिल्ला स्थित कलियागञ्जसम्म पुगी सो स्थानमा बसी पार्टीको गतिविधि संचालन गर्न रकम उपलब्ध गराई सहयोग पुर्याउँदै आएको समेत खुलेको प्रहरीको भनाई छ ।
विगतमा लागू औषध मुद्दामा ५ बर्ष कैद सजाय पाई कारागारबाट छुटेका सामेखाम लाई फागुन ०१ गते पक्राउ गरेको हो ।

 

६. हिन्दु राज्य नेपाल र राजतन्त्र पुनःर्स्थापना को माग राखी झापाको विर्तामोड पश्चिम बस स्टेण्डमा दमकमा प्रेसर कुकर बम राख्ने योजनामा संग्लग्न रहेको  फागुन २ गते पक्राउ परेका मनमोहन दाहालमाथि आरोप छ।
अपराधिक घटनामा संलग्न गिरोहलाई रकमसमेत उपलब्ध गराएको र उक्त कार्य गर्नको लागि निजले ग्रेटर नेपालको माग राखी माघ २८ गते झापाको माइधार स्थित कन्काई पुलमा बम जस्तो देखिने शंकास्पद बस्तु प्रेसर कुकर राखेको प्रहरीको भनाई छ ।
कारागार बसी छुटेको एक व्यक्तिलाई समेत परिचालन गरेको अनुसन्धानबाट खुल्नआएको प्रहरीले जनाएको छ ।

७. सीमा नाकामा बसी सो गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई सहयोग पुर्याउँने र  “हिमाल सुरक्षा परिषद”को नामबाट विष्पोटक पदार्थ जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्न योजना बनाउने,चन्दा माग गर्ने जस्ता गतिविधिमा संग्लग्नको आरोपमा फागुन ०२ गते नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट आनन्द भन्ने अनन्त प्रसाद गिरी पक्राउ परेका हुन् ।

८. “हिमाल सुरक्षा परिषद”को नामबाट विष्पोटक पदार्थ जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्न योजना बनाउने,चन्दा माग गर्ने सीमा नाकामा बसी अपराधिक गतिविधिमा संग्लग्न रहेको आरोपमा फगुन२ गते नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट प्रदीप थापा पक्राउ परेका हुन् ।

९. हिमाल सुरक्षा परिषदूको नाममा अन्य सकृय सदस्यले संकलन गरेको पैसा आइएमई बाट रिसिभ गरि भारतको विहार राज्यको कलियागन्ज बस्दै आएका योजनाकारहरु सम्म पैसा पुर्याकउने कार्य गर्दै आएको फागुन ०३ गते पक्राउ परेका विजय कुमार दास हलुवाइमाथि आरोप छ ।

प्रहरीले बरामद गरेको सामान

उनिहरुलाई मुलुकी अपराध सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको ।