बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा मङ्गलबार अटिजम सम्बन्धि छलफल कार्यक्रम गरिएको छ ।

छलफल कार्यक्रम अन्तरगर्त मन्त्रालयका डा. साकार खनालद्धारा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार प्रदेशमा एक हजार २सय५३ जनामा अटिजमको समस्या परेका छन् ।

त्यस्तै काठमाडौंमा ४सय ९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवनमा १सय१३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको डा. खनालले बताएका हुन् ।

सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको रअवस्थाको पहिचान गर्न नसक्दा निकै समस्या परेकोे डा. साकार खनालले बताए ।

डा. खनालले दिएको जानकारी अनुसार नेपालमा पनि ग्रामीण क्षेत्र भन्दा शहरीक्षेत्रमा अधिक बालबालिका अटिजमको शिकार भएको तथ्याङ्क रहेको उल्लेख गर्दै बालक भन्दा पनि बालिकामा समस्या देखा परेको छ् ।

५ देखी ७ वर्ष भन्दा कम उमेरसमूहका बालबालिका यसको प्रभावमा परेको पाइएको र प्रदेशमा सबैभन्दा अधिक संख्या काठमाडौंमा रहेको पाइएको छ।

उमेर बढदैगर्दा उनिहरुको कठिनाइ, एउटै हाउभाउ, अन्यसंगबाट टाढा हुने, फरक गतिबिधि देखाउने अवस्थालाई अटिजम भन्न सकिने भएको हो।

कार्यक्रममा जानकारी दिए अनुसार सन् २०१२ देखीनैअटिजम देखा परेपनि २०१८ देखी भने उपचार गराउँन अटिजम प्रभावित बालबालिका आउन सुरु भएको छ।

समस्या समाधानका लागि प्रदेशका १३ वटै जिल्लामा अटिजम सम्बन्धि काम गर्ने संघ संस्थाको माध्यमबाट अघि बढेर तालिम समेत प्रदान गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख एंव प्रवक्ता डा.खगेश्वर गेलालले बताए ।

सन् २०२३ को नयाँ तथ्याङ्कमा ३६ जना बच्चामध्ये एक जनालाई अटिजम भएको तथ्याङ्क रहेको र भारतमा आठ करोड मानिसमा श्रीलङ्कामा दुई लाखमानिसहरुलाई अटिजम भएको अनुमान गरिएको छ ।

अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्रचार्यले जुम मार्फत अटिजम सम्बन्धि जानकारी गराउदै नेपालमा अटिजमको अवस्था र सहभागिहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्का, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा मिश्र, हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा, अटिजमका क्षेत्रमा काम गरिरहेकाहरु, अटिजम प्रभावित अभिभावक लगायतको उपस्थिति रहेको थियो ।